प्रदेश ५ युएर्इ सम्पर्क समिति गठन

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
प्रदेश ५ युएर्इ सम्पर्क समिति गठन

सारांश

  • दुवर्इ , माघ २७ ।
  • नेपालको प्रदेश नम्बर ५ जन्मथलो भई हाल युएर्इमा कार्यरत नेपालीहरको भेला युएर्इमा सम्पन्न भएको छ ।
  • भेलाले प्रदेश ५ को विकास र संमृद्धिमा टेवा पुर्याउने उदेश्यले बर दुबइमा आयोजित भेलालले १७ सदस्यीय प्रदेश नम्बर ५ सम्पर्क समिती, युएर्इ गठन गरेको हो ।

दुवर्इ , माघ २७ । नेपालको प्रदेश नम्बर ५ जन्मथलो भई हाल युएर्इमा कार्यरत नेपालीहरको भेला युएर्इमा सम्पन्न भएको छ । भेलाले प्रदेश ५ को विकास र संमृद्धिमा टेवा पुर्याउने उदेश्यले बर दुबइमा आयोजित भेलालले १७ सदस्यीय प्रदेश नम्बर ५ सम्पर्क समिती, युएर्इ गठन गरेको हो । विदेशमा रहदाँ सिकेका सीप र कलालाई आफ्नो जन्मथलोको उन्नतीका लागि लगाउने र प्रदेश ५ लाई समुन्नत प्रदेश बन्न सहयोग गर्ने प्रणका साथ स्थापना गरिएको प्रवक्ता कुमार केसीले जानकारी दिए ।

समितिको अध्यक्ष्यमा राजु खड्का (अर्घाखाँची), वरिष्ठ उपाध्यक्षमा नरेश सेन (दाङ), उपाध्यक्ष तारा मल्ल (रुपन्देही), उपाध्यक्षमा डिलाराम वली (रोल्पा), महासचिवमा खगेन्द्र पराजुली (गुल्मी), निर्वाचित भएका छन्। त्यस्तै सचिवमा मोहननाथ योगी (बाँके), सचिवमा भिम केसी (रुपन्देही), कोषाध्यक्षमा विश्वुदेब शाह (दाङ), सह कोषाध्यक्षमा सुश्मा खरेल (कपिलबस्तु), प्रवक्तामा कुमार केसी (रोल्पा) निर्वाचित भएका छन्। सदस्यमा वीरबहादुर घर्तीमगर(रोल्पा), कैलाशखाम मगर (रुकुम) लागायत १७ सदस्यीय कार्यसमिति बनेको हो ।

समितिके प्रमुख संरक्षकमा – चित्र केसी (रुपन्देहि), वरिष्ठ सल्लाहकारमा शालिक सुवेदी (दाङ), वरिष्ठ सल्लाहकार चन्द्र सारु मगर (अर्घाखाँची), सल्लाहकारहरुमा दुर्गाप्रशाद काफ्ले (गुल्मी), लक्ष्मण अर्याल (गुल्मी), वेदप्रसाद अर्याल (पाल्पा) रहेका छन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालीहरुले भिजिट भिसामा युएर्इ आउँदा भोग्नुपर्ने समस्या, महिलाहरुले छुट्टीमा गएर फर्किदा तथा नयाँ भिसा लगाउदा भोग्नुपरेका समस्या, प्रदेश ५ मा लगानीका सम्भावना र विकासका लागि गर्न सकिने योगदानको बारेमा चर्चा गरेका थिए । राजनीतिभन्दा टाढै रही सेवा र विकासको भावनाले काम गरेमात्र संमृद्धिको लक्ष्य हशिल गर्न सकिने उनीहरुको भनार्इ थियो ।

प्रवक्ता कुमार केसीले संस्थाको पहिलो बैठकले कार्यदिशा निर्धारण गरी अघि बढ्ने जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?