खुकुरी प्रहारबाट,ताप्लेजुङमा २ जना गम्भीर घाइते
सारांश
- ताप्लेजुङ ।
- ताप्लेजुङमा आपसीका विवादका कारणले कांग्रेसका कार्यकर्ताको खुकुरी प्रहारबाट दुई जना एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् ।
- घाइते हुनेमा याङ्वरक गाउँपालिका साविकको नाङ्खोल्याङ गाविसका १९ वर्षीय रविन सुनुवार र १८ वर्षीय अनुप खिम्दिङ रहेका छन् ।
ताप्लेजुङ । ताप्लेजुङमा आपसीका विवादका कारणले कांग्रेसका कार्यकर्ताको खुकुरी प्रहारबाट दुई जना एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा याङ्वरक गाउँपालिका साविकको नाङ्खोल्याङ गाविसका १९ वर्षीय रविन सुनुवार र १८ वर्षीय अनुप खिम्दिङ रहेका छन् ।
रविनको टाउको र अनुपको खुट्टामा गम्भिर चोट लागेको प्रहरीले बताएको छ ।
दुवै जना घाइते नेकपा एमालेको कार्यकर्ता रहेको एमाले ताप्लेजुङका सन्तोष खतिवडाले बताएका छन् । घटना राजनीतिक रिसइवीको कारणले भएको खतिवडाको आरोप रहेको छ ।
उनीहरुमाथि नेपाली कांग्रेसका मनोज खिमदिङ र झरेन्द्र लिम्बुसहितको समूहले खुकुरी प्रहार गरेको खतिवडाको भनाइ छ ।आफुहरु साथीकोमा गएर बिहानै घर फर्कने क्रममा आक्रमण भएको घाइतेले बताएका छन् ।
खुकुरी प्रहार गर्ने मनोजको समूह फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका प्रहरी निरीक्षक होमनाथ दाहालले जनाएका छन् ।
नेपाली कांग्रेसकी जिल्ला सभापति लीलादेवी बोखिमले एमालेले उनीहरुलाई चुनावलाई प्रभाव पार्न पैसा बाँड्न पठाएको र खोस्न खोज्दा दोहोरो झडप भएको बताइन् ।
घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको जिल्लामा उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरिएको जिल्ला अस्पताल, ताप्लेजुङले जनाएको छ ।
प्रतिक्रिया