काठमाडौ क्षेत्र नं. ६ मा आफ्नो विजय सुनिश्चित भएको प्रधानको दावी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १७, २०७९
|
|
३३ पटक हेरिएको
Shares
काठमाडौ क्षेत्र नं. ६ मा आफ्नो विजय सुनिश्चित भएको प्रधानको दावी

सारांश

  • काठमाडौं ।
  • आगामी ४ मंसिरमा हुने निर्वाचनकालागि नेपाली काँग्रेसको तर्फबाट काठमाडौ क्षेत्र नं।
  • ६ का प्रतिनिधी सभा सदस्य उम्मेदवार तथा पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानले आफ्नो विजय सुनिश्चित भएको दावी गरेका छन ।

काठमाडौं । आगामी ४ मंसिरमा हुने निर्वाचनकालागि नेपाली काँग्रेसको तर्फबाट काठमाडौ क्षेत्र नं। ६ का प्रतिनिधी सभा सदस्य उम्मेदवार तथा पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानले आफ्नो विजय सुनिश्चित भएको दावी गरेका छन ।
सोही निर्वाचनको सन्दर्भमा बिहीबार शिक्षाविद् हरिसिंह केसीले आयोजना गरेको बरिष्ठ सञ्चारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा प्रधानले यो निर्वाचनमा आफ्नो विजय सुनिश्चित भएको दावी गरेका हुन । उनले यो निर्वाचनमा आफुले विशेषगरि पूर्वाधार विकास, स्वास्थ्य र शिक्षामा यस क्षेत्रका मतदातालाई सहज सेवा उपलब्ध गराउने प्रतिवद्धताकासाथ अघि बढेको बताएका छन ।
उनले यस क्षेत्रको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र संपदा संरक्षणमा जोड दिएर यो निर्वाचन क्षेत्रलाई नमुना सांस्कृतिक सहरको रुपमा परिचित गराउने आफ्नो लक्ष्य रहेको बताए ।
आफ्नो क्षेत्रका मतदातालाई आइपर्ने हरेक समस्यामा आफुले सक्दो सहयोग गर्ने संकल्प बोकेर जनताको घरदैलोमा निश्किएको भन्दै उनले नेपाली काँग्रेसले आफ्नो घोषणापत्र मार्फत मुलुकवासीकालागि अघि सारेका विभिन्न लक्ष्य पुरा गराउने कार्यमा आफुले सक्दो प्रयास गर्ने बताए ।
यसपाली सबैको सहयोग र मायाँले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफुले भारि मत ल्याएर विजय हुने दावी गर्दै उनले आफु विजयी भएर आएपछि काठमाडौँ क्षेत्र नम्बर ६ का नागरिकले सरकारी अड्डा र विकास निर्माणमा सहज सेवा प्राप्त गर्ने वातावरण बनाउने संकल्प गरे ।
२०४८ सालदेखि आफुले यस क्षेत्रमा नेपाली काँग्रेसको तर्फबाट राजनीति गर्दै आएको र अहिलेसम्म यहाँका जनताले निकै मायाँ गरेको स्मरण गर्दै उनले यो निर्वाचनमा पनि आफुलाई विजयी गराउन सबैको सहयोग र सहकार्य रहने अपेक्षा गरिएको बताए ।
शिक्षविद् हरिसिंह केसीले लोकतन्त्रको रक्षा गर्दै समाजबाद प्राप्तिको लक्ष्य हासिल गर्न प्रधानले यसपटक निर्वाचन जित्नुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनकाे मुखमा राजपामा विवाद, बहुराष्ट्रवादको विषयले बढायाे असन्तुष्टि, शीर्ष नेता अाराेप–प्रत्याराेपमा
निर्वाचनकाे मुखमा राजपामा विवाद, बहुराष्ट्रवादको विषयले बढायाे असन्तुष्टि, शीर्ष नेता अाराेप–प्रत्याराेपमा
दाङ पुगेर महराले भने : मलाई फसाउने गिरोह अझै षड्यन्त्रमा सक्रिय छ
दाङ पुगेर महराले भने : मलाई फसाउने गिरोह अझै षड्यन्त्रमा सक्रिय छ
मोरङमा दसगजा मिचेर भारतीय सडक, स्थानीय आक्रोशित
मोरङमा दसगजा मिचेर भारतीय सडक, स्थानीय आक्रोशित
आज सुनको भाउ स्थिर
आज सुनको भाउ स्थिर
कोटेश्वर–कलङ्की सडकः चार पुल निर्माण हुदै
कोटेश्वर–कलङ्की सडकः चार पुल निर्माण हुदै
केपि ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्नुहुन्न -देउवा
केपि ओली अब कहिल्यै पनि प्रधानमन्त्री बन्नुहुन्न -देउवा
पुरानै पेसामा डा. शेखर: गाउँगाउँ पसेर बिरामी जाँच्दै
पुरानै पेसामा डा. शेखर: गाउँगाउँ पसेर बिरामी जाँच्दै
मंसिर १४ पछि मन्त्रिपरिषद हेरफेर हुने, अहिले सरकार तथा पार्टी उपनिर्वाचनमा होमिने
मंसिर १४ पछि मन्त्रिपरिषद हेरफेर हुने, अहिले सरकार तथा पार्टी उपनिर्वाचनमा होमिने
यसरी हुँदैछ आज नेकपाको चियापान
यसरी हुँदैछ आज नेकपाको चियापान
काग्रेस भन्दा एमालेसंग निटक देखिनेलाई पाखा लगाउँदै प्रचण्ड
काग्रेस भन्दा एमालेसंग निटक देखिनेलाई पाखा लगाउँदै प्रचण्ड