विमानस्थलमा पनि सेना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
३५ पटक हेरिएको
Shares
विमानस्थलमा पनि सेना

सारांश

  • विराटनगर : निर्वाचन नजिकिँदै गर्दा स्थानीय प्रशासनले विराटनगर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारेको छ।
  • प्रहरीले सुरक्षा दिँदै आएको विमानस्थलभित्रको यात्रु कक्षमा सेना खटिएका छन्।
  • अहिले विमानस्थलको मुख्य पोस्टमा सेना र प्रहरीले संयुक्त रूपमा सुरक्षा दिएका छन्।

विराटनगर : निर्वाचन नजिकिँदै गर्दा स्थानीय प्रशासनले विराटनगर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरीले सुरक्षा दिँदै आएको विमानस्थलभित्रको यात्रु कक्षमा सेना खटिएका छन्। अहिले विमानस्थलको मुख्य पोस्टमा सेना र प्रहरीले संयुक्त रूपमा सुरक्षा दिएका छन्।

विमानस्थलका प्रवक्ता सन्तोष ढकालले जिल्लास्तरीय सुरक्षा बैठक बसी विशिष्ट व्यक्तिसमेत आउजाउ गर्ने स्थानमा सुरक्षा निगरानी बढाएको जानकारी दिए। प्रहरीको जनशक्ति निर्वाचनमा पनि खट्नुपर्ने हुँदा सेनालाई थप सुरक्षा हेर्ने गरी जिम्मेवारी दिइएको उनको भनाइ छ। ‘विमानस्थलका प्रहरी निर्वाचनका लागि बाहिरिएपछि सेनालाई मुख्य कमान्ड सम्हाल्ने जिम्मा दिइएको हो’, उनले भने।

सेनाले बाहिरी मुख्य सुरक्षा कमान्ड सम्हालेको छ भने प्रहरीले सेनालाई सघाएको छ। विमानस्थल प्रशासनले अब केही दिन विमानस्थलको मुख्य सुरक्षा नेतृत्व सेनाले लिने जनाएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सुरक्षा अवस्थालाई कडा पारिएको जानकारी दिए। उम्मेदवारका घरमा विशेष सुरक्षा प्रदान गरेको उनको भनाइ छ। ‘सशस्त्र प्रहरी बलसँगको सहकार्यमा प्रहरीले उम्मेदवारको घरमा प्रहरी टुकडी राखेको छ’, उनले भने, ‘दलका कार्यक्रम सुरक्षाका कारण प्रभावित नहोस् भनी हामी चनाखो बनेका छौं।’

प्रहरी, सशस्त्र र सेनाको संयुक्त गस्तीसमेत सञ्चालन भएको छ। सुरक्षा संवेदनशीलताका आधारमा विभिन्न क्षेत्रमा नियमित अनि आकस्मिक गस्तीलाई जोड दिइएको हो। ‘हामीले नियमित गस्ती मात्र गरेका छैनौं’, उनले भने, ‘कुनै अवाञ्छित गतिविधि नहोस् भन्नका लागि सेना, प्रहरीको ठूलो जत्था ह्वात्तै सडकमा निकाल्ने अभ्यास थालिसकेका छौं।’

झापा र सुनसरीका सीमा क्षेत्रमा पनि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। जिल्ला प्रवेश गर्ने अनि बाहिर जानेको निगरानीका लागि सादा पोसाकमा सुरक्षाकर्मीले निगरानी बढाएका छन्। भारतसँगको सीमावर्ती क्षेत्रमा सेना र सशस्त्रले संयुक्त गस्ती गरिरहेका छन्। साना हतियार ओसारपसार हुने सम्भावनाका कारण कुकुरसहितको गस्तीलाई नियमित अनि आकस्मिक बनाइएको स्थानीय प्रशासनले जनाएको छ।

‘हामीले आदेशअनुसार जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्ने प्रयास गरेका छौं’, उनले भने, ‘विमानस्थल, कारागार, अन्तरजिल्ला सिमाना, दलका उम्मेदवार र द्विदेशीय सिमाना प्राथमिकतामा परेका छन्।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे
डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे
पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो -तत्काल भाग वा मृत्युको सामना गर
पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो -तत्काल भाग वा मृत्युको सामना गर
मोटरसाइकल चोरीको आरोपमा दुई पक्राउ
मोटरसाइकल चोरीको आरोपमा दुई पक्राउ
जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौं : उपमहासचिव पुन
जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौं : उपमहासचिव पुन
प्रसूतिगृह सरकारले निर्माण गर्ने : उपप्रधानमन्त्री यादव
प्रसूतिगृह सरकारले निर्माण गर्ने : उपप्रधानमन्त्री यादव
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः मन्त्री श्रेष्ठ
शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः मन्त्री श्रेष्ठ
नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
रियल मड्रिडको नाममा रोनाल्डोको भावुक पत्र (पूर्ण पत्रसहित)
रियल मड्रिडको नाममा रोनाल्डोको भावुक पत्र (पूर्ण पत्रसहित)
John Abraham and Aisha Sharma starrer ‘Satyameva Jayate’ song ‘Paniyon Sa’ is a romantic number!
John Abraham and Aisha Sharma starrer ‘Satyameva Jayate’ song ‘Paniyon Sa’ is a romantic number!

तपाईंले छुटाउनुभयो कि?