डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे

सारांश

  • काठमाडौं, २० असार ।
  • अनशनको पाँचौ दिन डा गोविन्द केसीको स्वास्थ्यमा समस्या बढेपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा लगेर उपचार थालिएको छ।
  • जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा अनशनरत डा केसीको छातीमा अत्याधिक दुखाइ सुरु भएपछि उनलाई स्टेचरमा बोकेर चिकित्सकले अस्पताल पुर्‍याएका थिए।

काठमाडौं, २० असार । अनशनको पाँचौ दिन डा गोविन्द केसीको स्वास्थ्यमा समस्या बढेपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा लगेर उपचार थालिएको छ।

जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा अनशनरत डा केसीको छातीमा अत्याधिक दुखाइ सुरु भएपछि उनलाई स्टेचरमा बोकेर चिकित्सकले अस्पताल पुर्‍याएका थिए।

डा केसीको उपचारको नेतृत्व लिइरहेका डा प्रविण गिरीले डा केसीको स्वास्थ्यमा समस्या आएको र अहिले जाँच प्रक्रिया सुरु गरेको जानकारी दिए।

गरिबको पहुँचमा गुणस्तरीय स्वास्थ्य शिक्षा तथा सेवा पुग्नु पर्ने भन्दै डा केसीले सुरु गरेको सत्याग्र्रहको यो १५ औं श्रृङखला हो।

डा  केसीले माथेमा आयोगको प्रतिवेदनले दिएको सुझाव अनुसार शेरबहादुर सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश अनुसार केपी ओली सरकारले प्रतिस्थापन विधेयक जारी गर्नु पर्ने लगायत विभिन्न १० वटा माग राख्दै जुम्ला पुगेर अनशन सुरु गरेका थिए।

अनशनको तयारी गरिरहेका बेला उनलाई निषेधित क्षेत्रको अवज्ञा गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। डा केसीले हिरासतमै अनशन सुरु गरेपछि उनलाई प्रहरीले कवर्ड हलमा ल्याएर छोडेको थियो तर प्रहरी नियन्त्रणमै डा केसीले अनशनलाई निरन्तरता दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?