जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौं : उपमहासचिव पुन

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०८०
|
|
४३ पटक हेरिएको
Shares
जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौं : उपमहासचिव पुन

सारांश

  • काठमाडौँ ।
  • नेकपा (माओवादी केन्द्र) का उप–महासचिव वर्षमान पुनले जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।
  • निरङ्कुश राजतन्त्रवादीले व्यवस्थामाथि हमला सुरु गरेको र त्यो आफूहरुमाथिको हमला भएको उनको भनाइ छ ।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उप–महासचिव वर्षमान पुनले जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । निरङ्कुश राजतन्त्रवादीले व्यवस्थामाथि हमला सुरु गरेको र त्यो आफूहरुमाथिको हमला भएको उनको भनाइ छ ।

पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ अन्तर्गत बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको समीक्षा बैठक तथा अभियान समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै नेता पुनले परिवर्तनको नेतृत्वकर्ता शक्तिका हैसियतले निरङ्कुशतावादीहरुको चुनौती स्वीकार गर्न तयार रहेको बताए ।

उनले आफूहरुले कोसिस गर्दागर्दै असफल भए पनि अर्को क्रान्तिकारी शक्तिको जन्म भएर परिवर्तनको रक्षा गर्ने उल्लेख गर्नुभयो । “गणतन्त्रसहित उपलब्धिमाथि निरङ्कुशतावादीका तर्फबाट प्रश्न उठाउन थालिएको छ”, नेता पुनले भने, “यो व्यवस्थामाथिको मात्र प्रश्न होइन, माओवादीमाथिको पनि प्रश्न हो ।”

पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले जनताको अवस्था बदल्न निरन्तर प्रयास गर्दै समाजवादी विकल्प तयार पार्नु आफूहरुको राजनीतिक ध्येय भएको बताए । उनले जनता र कार्यकर्ता तहबाट उठेका प्रश्न र असन्तुष्टिको सम्मान गर्दै सबै प्रश्नको जवाफ आफूहरुले दिने स्पष्ट पारेका छन् ।

नेता पुनले नेतृत्वले आफ्नो वर्गीय धरातल छाडेको आरोप लाग्ने गरेको चर्चा गर्दै माओवादी सर्वहारा वर्ग, मजदुर, किसान, श्रमिक र देशभक्तहरुको पार्टी भएको दाबी गरेका छन् । उनले आसन्न विधान सम्मेलनबाट कार्यकर्ता जनताबाट र नेता तथा कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने प्रणाली विकास गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए ।

“माओवादी केन्द्र कार्यकर्तासँगै जनता भएको पार्टी हो । अब हामी जनताको मन जितेर कार्यकर्ता र कार्यकर्ताको मन जितेर नेता हुने प्रणाली संस्थागत गर्न खोज्दैछौँ”, उनले भने, “यसले नेतृत्वमा युवाहरु आउनुपर्ने भन्ने भन्ने आवाजको पनि सम्बोधन गर्नेछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन्, विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी
यी हुन्, विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी
भाइबर तथा फेसबुकमा चिठ्ठा पर्‍यो ? सरकारी जागिर र ठुला देश जाने सपना नदेख्नुहोस् !
भाइबर तथा फेसबुकमा चिठ्ठा पर्‍यो ? सरकारी जागिर र ठुला देश जाने सपना नदेख्नुहोस् !
नेकपाको स्थायी समिति बैठक बस्दै, ओलीले सम्बोधन गर्दै
नेकपाको स्थायी समिति बैठक बस्दै, ओलीले सम्बोधन गर्दै
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम
रातो पासपोर्ट नबुझाएपछि प्रयोग गर्न नमिल्ने बनाइयो
रातो पासपोर्ट नबुझाएपछि प्रयोग गर्न नमिल्ने बनाइयो
३३ किलाे सुन प्रकरण : चाचाजीलाई प्रहरीले पेस्तोल देखाए !
३३ किलाे सुन प्रकरण : चाचाजीलाई प्रहरीले पेस्तोल देखाए !
टर्कीए भूकम्पः बाइस हजारभन्दा बढीको मृत्यु
टर्कीए भूकम्पः बाइस हजारभन्दा बढीको मृत्यु
ट्रेड युनियन कांग्रेसको महाधिवेशन सोमबारदेखि
ट्रेड युनियन कांग्रेसको महाधिवेशन सोमबारदेखि
कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी
कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी
के नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद  सकिएकै हाे ?
के नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सकिएकै हाे ?