म्याग्दी बन्यो बाम किल्ला, कहाँ को विजयी ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
म्याग्दी बन्यो बाम किल्ला, कहाँ को विजयी ?

सारांश

  • धिरन  खत्री म्याग्दी–प्रतिनिधि सभामा १ र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटमा बाम गठबन्धन जित हात पारेका छन् ।
  • मंसिर १० गते भएको निर्वाचनको आज सम्पन्न मतगणना अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयृुक्त बाम गठबन्धनका उम्मेद्वारहरु बिजयी भएका हुन् ।
  • प्रतिनिधि सभामा बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका एमालेका भुपेन्द्रबहादुर थापा बिजयी हुनुभएको छ ।

धिरन  खत्री
म्याग्दी–प्रतिनिधि सभामा १ र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटमा बाम गठबन्धन जित हात पारेका छन् ।
मंसिर १० गते भएको निर्वाचनको आज सम्पन्न मतगणना अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयृुक्त बाम गठबन्धनका उम्मेद्वारहरु बिजयी भएका हुन् ।
प्रतिनिधि सभामा बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका एमालेका भुपेन्द्रबहादुर थापा बिजयी हुनुभएको छ ।

प्रतिनिधि सभामा खसेको कुल ४७ हजार ४४९ मत मध्ये थापाले २३ हजार ३०८ मत ल्याएर बिजयी हुनुभएको हो ।  थापाका प्रतिस्पर्धी उम्मेदवार काँग्रेसका खमवीर गर्वुजाले २० हजार ९८० मत प्राप्त गर्नुभएको छ । थापाले गर्वुजालाई २ हजार ३०८ मतले पराजीत गर्नुभएको छ ।

त्यस्तै म्याग्दीको प्रदेश सभाको निर्वाचन क्षेत्र क र ख दुबैमा बाम गठबन्धनका उम्मेदवार बिजयी  भएका छन् । निर्वाचन क्षेत्र क मा माओवादी केन्द्रका विनोद केसी निर्वाचीत हुनुभएको छ । प्रदेश सभामा खसेको कुल २७ हजार ६७५ मत मध्ये केसीले १४ हजार ७०४ ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकटतम पतिस्पर्धी लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १७५ मत ल्याउनुभएको छ ।

बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका ३३ बर्षिय केसीले ७७ बर्षका गौचनलाई २ हजार ५२९ मत अन्तरले विजयी हुनुभएको छ । यसैबिच म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख मा एमालेकी नरदेवी पुन बिजयी हुनुभएको छ । मंसिर १० गते भएको निर्वाचनमा खुल खसेको १९ हजार ७७४ मत मध्ये पुनले १० हजार ८६८ मत ल्याएर बिजयी हुनुभएको हो ।

उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका अमलाल फगामीलाई २ हजार ८७८ मत अन्तरले पराजीत गर्नुभएको छ । फगामीले ७ हजार ९९० मत प्राप्त गर्नुभएको छ । बिजयी उम्मेद्वारहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ । बेनीमा बाम गठबन्धनका कार्यकर्ताले बिजयी उत्सब मनाउने तयारी गरेका छन् ।

bellevuehealthcare

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसपी रानाको उद्घोष:  पोखरा गुण्डा मुक्त क्षेत्र
एसपी रानाको उद्घोष: पोखरा गुण्डा मुक्त क्षेत्र
आज ६८औं प्रजातन्त्र दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश
आज ६८औं प्रजातन्त्र दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश
पोखरा नयाँनयाँ उडान गन्तव्यमा जोडिँदै
पोखरा नयाँनयाँ उडान गन्तव्यमा जोडिँदै
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
पुवाँर खड्का सेवा समाज उदयपुरको साधारण सभा सम्पन्न
पुवाँर खड्का सेवा समाज उदयपुरको साधारण सभा सम्पन्न
शिक्षण अस्पतालमा नर्सले डाक्टर कुटे
शिक्षण अस्पतालमा नर्सले डाक्टर कुटे
वायु सेवा निगम डुबाएको भन्दै कर्मचारीद्वारा मदन खरेलको राजिनामा माग
वायु सेवा निगम डुबाएको भन्दै कर्मचारीद्वारा मदन खरेलको राजिनामा माग
असार ९ र १० गते नेपालमा विदेशी च्यानल बन्द
असार ९ र १० गते नेपालमा विदेशी च्यानल बन्द
नेकपाद्वारा कास्की-२ मा विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिश
नेकपाद्वारा कास्की-२ मा विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिश
Checkout the first pictures of ‘Sasural Simar Ka’ actress Jaswir Kaur’s newborn baby!
Checkout the first pictures of ‘Sasural Simar Ka’ actress Jaswir Kaur’s newborn baby!

तपाईंले छुटाउनुभयो कि?