मलेसियामा तीन नेपाली कलाकारसहित ३२ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २७, २०७६
|
|
२९ पटक हेरिएको
Shares
मलेसियामा तीन नेपाली कलाकारसहित ३२ जना पक्राउ

सारांश

  • काठमाडौं २७ जेठ ।
  • सांगीतिक कार्यक्रमका लागि भनी आएका तीन कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमन विभागले नियन्त्रणमा लिएको छ ।
  • ‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन् ।

काठमाडौं २७ जेठ । सांगीतिक कार्यक्रमका लागि भनी आएका तीन कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमन विभागले नियन्त्रणमा लिएको छ ।

‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन् ।उनीहरुमाथि अध्यागमन कानुन उल्लंघन गरेको आरोप छ ।

कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका २० पुरुष र १२ महिलालाई पुत्राजयास्थित अध्यागमनको हिरासतमा राखिएको जानकारी आएको नेपाली दूतावासले जनाएको छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?