काठमाडौंको मतगणना भोलि शुक्रबार मात्र सुरु हुने
सारांश
- काठमाडौं जिल्लाको मतगणना भोलि मात्र सुरु हुने भएको छ ।
- भोलि बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने सहमति कायम भएको छ ।
- मतदान केन्द्रबाट सबै मतपेटिका संकलन गरी गणनास्थलमा पुर्याउने, सर्वदलीय बैठक बसेर सहमति जुटाउने लगायतका प्रक्रिया पूरा गर्नुपर्ने भएकाले आजबाट मतगणना नहुने भएको हो ।
काठमाडौं जिल्लाको मतगणना भोलि मात्र सुरु हुने भएको छ । भोलि बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने सहमति कायम भएको छ ।
मतदान केन्द्रबाट सबै मतपेटिका संकलन गरी गणनास्थलमा पुर्याउने, सर्वदलीय बैठक बसेर सहमति जुटाउने लगायतका प्रक्रिया पूरा गर्नुपर्ने भएकाले आजबाट मतगणना नहुने भएको हो ।
काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र छन् । ती सबैको मतगणना एकै ठाउँमा गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।
भोली बिहान देखी काठमाडौंको मतगणना हुने
काठमाडौं क्षेत्र नम्बर १, २, ३ र ४ – राष्ट्रिय सभागृह, भृकुटीमण्डप
क्षेत्र नम्बर ५ र ७ – सहकारी विकास विभागको तालिम केन्द्र, बानेश्वर
क्षेत्र नम्बर ६ – जिल्ला समन्वय समितिको हल, बबरमहल
क्षेत्र नम्बर ९ र १० – अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर।
प्रतिक्रिया