राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
सारांश
- काठमाडौं ।
- राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् ।
- आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरेर बजेटसँग सम्बन्धित तीनवटै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको छ ।
विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले गत १५ जेठमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका थिए । उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल भई पारित भएपछि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया