एमाले २४, माओवादी ९ र कांग्रेस ५ स्थानमा विजयी (हेर्नुस् कसको कति अग्रता)

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
एमाले २४, माओवादी ९ र कांग्रेस ५ स्थानमा विजयी (हेर्नुस् कसको कति अग्रता)

सारांश

  • प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
  • शनिबार दिउँसो ३ बजेसम्म नयाँ पत्रिकालाई प्राप्त १६१ क्षेत्रको मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ एमालेले २४ सिट हात पारेको छ ।
  • त्यस्तै माओवादी ९ क्षेत्रमा विजयी भएको छ ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । शनिबार दिउँसो ३ बजेसम्म नयाँ पत्रिकालाई प्राप्त १६१ क्षेत्रको मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ एमालेले २४ सिट हात पारेको छ । त्यस्तै माओवादी ९ क्षेत्रमा विजयी भएको छ । कांग्रेस ५ र स्वतन्त्र उम्मेदवारले एक क्षेत्रमा जित हात पारेका छन् ।

एमाले ५६, माओवादी २६ र कांग्रेस १६ स्थानमा अगाडि छन् । संघीय समाजवादी फोरमले ७ र राजपाले ८ स्थानमा अग्रता लिएका छन् ।

मतपरिणामअनुसार प्रदेशसभातर्फ एमालेले २७, माओवादीले १८ र कांग्रेसले ५ स्थानमा जित निकालेका छन् । अन्य दल तथा स्वतन्त्रले पनि ४ स्थानमा जित हात पारेका छन् ।

त्यसैगरी एमाले ८०, माओवादी ४४ र कांग्रेसको ३५ स्थानमा अग्रता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?