आगलागी हुँदा रु ४८ लाखको क्षति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २९, २०७६
|
|
५७ पटक हेरिएको
Shares
आगलागी हुँदा रु ४८ लाखको क्षति

सारांश

  • विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा रु ४८ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडाका गोपी कटवालको दुईतले घर तथा घरमा राखिएका छ तोला सुन, रु दुई लाख नगद, अन्नपात, काठपातलगायत जल्दा रु ४८ लाखभन्दा बढीको क्षति भएको हो ।
  • आगलागीमा कटवालको घरमा राखिएको ५० मुरी धान, ३० मुरी मकै, २० मुरी कोदो, भाँडावर्तनलगायतका धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो ।

विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा रु ४८ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडाका गोपी कटवालको दुईतले घर तथा घरमा राखिएका छ तोला सुन, रु दुई लाख नगद, अन्नपात, काठपातलगायत जल्दा रु ४८ लाखभन्दा बढीको क्षति भएको हो ।

आगलागीमा कटवालको घरमा राखिएको ५० मुरी धान, ३० मुरी मकै, २० मुरी कोदो, भाँडावर्तनलगायतका धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । आज बिहान करीब ८ः०० बजेको समयमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले नियन्त्रणमा लिएको थियो ।

अग्निपीडित कटवाल सामुदायिक सेवा केन्द्र दिक्तेलका प्रमुख एवं प्रहरी सहायक निरीक्षक हुनुहुन्छ । पुरानो घर नजिकै नयाँ आरसिसी ढलानसहितको घर बनाए पनि कटवाल परिवार पुरानै घरमा बस्दै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संचारमन्त्रीको अडियो प्रकरणबारे ओली र प्रचण्डबीच छलफल
संचारमन्त्रीको अडियो प्रकरणबारे ओली र प्रचण्डबीच छलफल
सुदूरपश्चिम प्रदेशमा कांग्रेस-एमालेकै वर्चश्व, माओवादी, समाजवादी र रास्वपा निल
सुदूरपश्चिम प्रदेशमा कांग्रेस-एमालेकै वर्चश्व, माओवादी, समाजवादी र रास्वपा निल
रास्वपाको घोषणापत्रः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरदलीय राष्ट्रपति (पूर्णपाठ)
रास्वपाको घोषणापत्रः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरदलीय राष्ट्रपति (पूर्णपाठ)
जेलबाट छुटेको केही महिनामै यसरी बुनियो वसन्त पौडेलको हत्या योजना !
जेलबाट छुटेको केही महिनामै यसरी बुनियो वसन्त पौडेलको हत्या योजना !
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा
तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा
भदौ २० गते शुक्रबारको राशिफल यस्तो छ
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
चिच्याएर बर माग्ने मेलामा तीन लाख बराबरको भेटी
चिच्याएर बर माग्ने मेलामा तीन लाख बराबरको भेटी
सुनको मूल्यमा सामान्य वृद्धि
सुनको मूल्यमा सामान्य वृद्धि