निर्दोष फसाउन खोजियो भने सहँदैनौँ : ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
१९ पटक हेरिएको
Shares
निर्दोष फसाउन खोजियो भने सहँदैनौँ : ओली

सारांश

  • काठमाडौं ।
  •  एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
  •  सिंहदरवारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रुपैयाँ लिएको विषयमा रायमाझीको संलग्नताबारे चासो राखेका छन् ।

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । सिंहदरवारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रुपैयाँ लिएको विषयमा रायमाझीको संलग्नताबारे चासो राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेटेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग अध्यक्ष ओलीले निर्दाेष फसाउन खोजिए आफूहरुले नसहने चेतावनी दिए । साथै उनले दोषीलाई भने कारबाही हुनुपर्ने बताए । निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने भन्दै ओलीले भने, ‘दोषी उम्काउने हाम्रो प्रयास होइन, तर निर्दोष फसाउन खोजियो भने हामी सहन्नौँ ।’

यसबारे आफूहरुले पनि अध्ययन गरिरहेको जानकारी दिएका ओलीले भने, ‘यो तानिएको हो कि तनाएको हो, यसको हामीले अध्ययन गर्दै छौँ । निर्दाेष पर्न हुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास होइन । निर्दाेष फसाउन खोजियो भने हामी सहँदैनौँ ।

चेक जसले काट्यो, उसैसँग रहेको जस्ता कुरा छ । एउटा सांसद, पटक पटक मन्त्री भएको, उपप्रधानमन्त्री भइसकेको, पार्टीको नेता, षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु पर्ने रहस्यपूर्ण छ । भागेर र उम्केर जानेखालको मान्छे होइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनलाई क्लिनचिट
फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनलाई क्लिनचिट
गाउँकी उपाध्यक्ष गंगुदेवीः जसले हलो समाउँदा पोथी बास्यो भने
गाउँकी उपाध्यक्ष गंगुदेवीः जसले हलो समाउँदा पोथी बास्यो भने
माओवादी केन्द्रले छान्यो समानुपातिक सां‌सद, १५ महिला, २ मात्रै पुरुष
माओवादी केन्द्रले छान्यो समानुपातिक सां‌सद, १५ महिला, २ मात्रै पुरुष
चिन भ्रमणबाट हामी सन्तुष्ट छौँ, खुशी छौँ: परराष्ट्रमन्त्री ज्ञवाली
चिन भ्रमणबाट हामी सन्तुष्ट छौँ, खुशी छौँ: परराष्ट्रमन्त्री ज्ञवाली
जयबहादुर चन्दको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन्
जयबहादुर चन्दको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन्
नेपाल हिन्दु राष्ट्र बन्न तयार हुने युपीका मुख्यमन्त्रीको विश्वास
नेपाल हिन्दु राष्ट्र बन्न तयार हुने युपीका मुख्यमन्त्रीको विश्वास
महोत्तरी र बारामा माओवादी केन्द्रले खाता खोल्यो
महोत्तरी र बारामा माओवादी केन्द्रले खाता खोल्यो
आफ्नो जन्मदिनमा साम्राज्ञीले किन यसरी देखाइन् माझी औंला?  (भिडियोसहित)
आफ्नो जन्मदिनमा साम्राज्ञीले किन यसरी देखाइन् माझी औंला? (भिडियोसहित)
काठमाडौँ–दिल्लीको भन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महङ्गो
काठमाडौँ–दिल्लीको भन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महङ्गो
मन्त्रिपरिषद बैठक बस्दै, के निर्णय आउला
मन्त्रिपरिषद बैठक बस्दै, के निर्णय आउला

तपाईंले छुटाउनुभयो कि?