ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०८१
|
|
२१ पटक हेरिएको
Shares
ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु

सारांश

  • हेटौँडा, जेठ २५ गते ।
  •  पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं.
  • ९ रजैयास्थित पूर्वपश्चिम सडकखण्डमा शुक्रवार बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

हेटौँडा, जेठ २५ गते । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ९ रजैयास्थित पूर्वपश्चिम सडकखण्डमा शुक्रवार बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक कास्की जिल्ला पोखरा उपमहानगरपालिका–११ फूलवाली बस्ने वर्ष ३१ वर्षीय सुवास गुरुङ गम्भीर घाइते हुनुभएको छ भने मोटरसाइकल पछाडि बस्ने ३३ वर्षीया निर्मला अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

अधिकारीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको थियो । चुरेहिल अस्पताल मकवानपुर हेटौँडामा उपचारको क्रममा अधिकारीको मृत्यु भएको उहाँले बताउनुभयो । गम्भीर घाइते गुरुङको अस्पतालमा उपचार भइरहेको छ ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको एएस २५ डिसी ०२१२ नम्बरको खाली ग्यास बुलेट गाडीले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकल चालकले दिएको जानकारी अनुसार हेटौँडाबाट आउँदै गरेको नम्बर नखुलेको सेतो कलरको हाइलेक्स गाडिले अचानक ब्रेक लगाउँदा उक्त गाडीको पछाडि आउँदै गरेको मोटरसाइकलले हाइलक्स गाडीको पछाडि ठक्कर दिई मोटरसाइकल उछिट्टिन गई विपरीत दिशाबाट जाँदै गरेको ग्यास बुलेटले ठक्कर दिँदा दुर्घटना भएको उल्लेख छ ।

ग्यास बुलेट चालक भारत बिहार राज्य पटियार थाना सदियान सुदमि बस्ने ३७  ३७ वर्षीय मनिन्द्र कुमार दास, मोटरसाइकल, ग्यास बुलेट गाडी इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?