पुस १५ भित्रै नयाँ सरकार !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
पुस १५ भित्रै नयाँ सरकार !

सारांश

  • काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पुस १५ भित्र नयाँ सरकार गठन गर्न गृहकार्य थालेका छन् ।
  • निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यहरुको अन्तिम सूची प्रकाशित गर्नेबित्तिकै नयाँ सरकार गठन गर्ने तयारीमा दुवै दल जुटेका हुन् ।
  • ‘निर्वाचन आयोगले सूची सार्वजनिक गर्नेबित्तिकै नयाँ सरकार गठन हुन्छ ।

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पुस १५ भित्र नयाँ सरकार गठन गर्न गृहकार्य थालेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यहरुको अन्तिम सूची प्रकाशित गर्नेबित्तिकै नयाँ सरकार गठन गर्ने तयारीमा दुवै दल जुटेका हुन् ।
‘निर्वाचन आयोगले सूची सार्वजनिक गर्नेबित्तिकै नयाँ सरकार गठन हुन्छ । त्यसको तयारी सुरु भएको छ,’ एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले भने, ‘पुसको ७ गतेदेखि ढिलोमा १५ गतेभित्र देशले नयाँ सरकार पाउनेछ ।’
प्रवक्ता रिमालले विजयोत्सव मनाउने गृहजिल्ला पुगेका दुवै दलका नेताहरु  राजधानी फर्केपछि पार्टी एकीकरण र सरकार गठनको विषयले तीव्रता पाउने बताए ।
‘नेताहरु राजधानी फर्किएपछि दुवै विषय तीव्रताका साथ अघि बढ्छ,’ रिमालले भने ।
विजयोत्सव मनाउ एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गृहजिल्ला चितवन पुगेका छन् ।
निर्वाचन आयोगले मंसिर मसान्तसम्म समानुपातिकतर्फको मतगणना गरिसक्ने जनाएको छ ।
‘मंसिर २२ गतेदेखि ८ दिन (पुस २) भित्र समानुपातिकको मतगणना सक्ने गरी आयोगको तयारी छ । प्राप्त मतहरु दललाई बुझाएपछि त्यसमा उम्मेदवार छनोट हुने व्यक्तिहरुको नाम पठाउन समय पाउनेछन्,’ आयोगका प्रवक्ता नवराज ढकालले नागरिकसँग भने, ‘त्यसपछि नाम राजपत्रमा प्रकाशित गर्ने काम हुन्छ ।’
निर्वाचन आयोगका अनुसार सोमबार साँझसम्म १६ लाख ८२ हजार ६८५ मत गणना भइसकेको  छ । समानुपातिकतर्फ एक करोड पाँच लाख ८७ हजार ५२१ मत खसेको छ ।
प्रवक्ता ढकालले समानुपातिक सूचीमा रहेका व्यक्तिको नाम दलहरुलाई पठाउन एक साताभन्दा बढी नलाग्ने बताए ।
एमाले नेता पूर्वकानुनमन्त्री अग्नि खरेलले दलहरुले बन्दसूची बनाउँदै समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारका वरीयताक्रम तोकिसकेकाले विजयी उम्मेदवारको नाम घोषणा गर्न सक्ने बताए ।
उनले अन्तिम परिणाम आएको तीस दिनभित्र राष्ट्रियसभासमेत गठन भइसक्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सरकार गठन गर्नका लागि ढिलाइ नहुने बताए ।
संविधानको धारा ७६ (१) मा संसद्मा १ सय ३८ वा सोभन्दा बढी सिट प्राप्त गर्ने संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।
‘बहुमत प्राप्त गर्ने संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्दै सरकार गठनका लागि आह्वान गर्नु हुनेछ,’ संविधानविद् पूर्णमान शाक्यले भने, ‘कुनै पनि एउटा दलले बहुमत प्राप्त गर्न नसके दुई वा त्यसभन्दा बढी दलको समर्थन गरेका व्यक्तिलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्नुहुन्छ ।’
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षबाट १ सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जना निर्वाचित हुनेछन् ।
प्रत्यक्षतर्फ दुई तिहाइ स्थानमा जित्न सफल भएका वामपन्थी गठबन्धनले सहज बहुमत प्राप्त गर्ने देखिन्छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद ज्ञापन गरेका छन् । उनले नयाँ सरकार निर्माणमा सहयोग गर्न पनि देउवासँग आग्रह गरेका छन् ।
‘अब सरकारबाट संविधानको मर्मअनुसार सहज रुपमा नयाँ सरकार निर्माणमा सहयोगको समेत अपेक्षा गर्दछु,’ दाहालले भनेका छन् ।
पहिलो संविधानसभा चुनावमा बहुमत भएर पनि करिब तीन महिनापछि दाहालले सरकार गठन गर्न पाएका थिए ।
तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संक्रमणकालीन व्यवस्थाभन्दा अहिलेको अवस्था फरक रहेको भन्दै सरकार गठन चाँडै हुने बताए ।
‘अहिले हामी फरक अवस्थामा पुगेका छौं । पहिलो सरकार गठन गर्नका लागि प्रक्रिया लामो थियो । अहिले त्यस्तो छैन,’ नेम्वाङले नागरिकसँग भने ।
संविधानअनुसार अन्तिम निर्वाचन परिणाम घोषणा भएको तीस तीनभित्र संघीय संसद् (प्रतिनिधिसभा) को अन्तिम परिणाम आएको तीस दिनभित्रै बैठक बस्नुपर्ने हुन्छ । त्यस्तै २५ दिनभित्र नयाँ प्रधानमन्त्री चयन र ३५ भित्र मन्त्रिपरिषद् गठन भइसक्नुपर्नेछ ।

 मणि दाहाल ले आज को नगरिक मा लेखे का छन 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक
कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक
नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्र विरुद्ध महाअभियोग दर्ता गरियो : प्रधानमन्त्री दाहाल
नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्र विरुद्ध महाअभियोग दर्ता गरियो : प्रधानमन्त्री दाहाल
चाउरीपना हटाउन लगाउनुस् सुन्तला र मुंगदालको फेस प्याक
चाउरीपना हटाउन लगाउनुस् सुन्तला र मुंगदालको फेस प्याक
ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने
ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने
अब काठमाडौँ उपत्यकामा अपरिचितलाई रोक, नौलो मान्छे आए प्रहरीलाई खबर गर्न निर्देशन
अब काठमाडौँ उपत्यकामा अपरिचितलाई रोक, नौलो मान्छे आए प्रहरीलाई खबर गर्न निर्देशन
राजधानीको तिनकुनेमा ग्यास खानी !
राजधानीको तिनकुनेमा ग्यास खानी !
अर्थमन्त्री डा महतले भनेः  खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
अर्थमन्त्री डा महतले भनेः खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
नवलपुरमा चैतेधान लगाउने क्षेत्रफलमा वृद्धि
नवलपुरमा चैतेधान लगाउने क्षेत्रफलमा वृद्धि
लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
बंगलादेशमा किन असफल भए सन्दीप?
बंगलादेशमा किन असफल भए सन्दीप?

तपाईंले छुटाउनुभयो कि?