लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
सारांश
- पोखरा, ३१ जेठ ।
- सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा, सामुदायिक प्रहरी सेवा एवं जिल्ला समन्वय कास्कीको सहयोगमा श्री सिद्धेश्वर मा वि पोखरा लेखनाथ २३ चापाकोट ठुलाखेतको कक्षा ८,९ र १० का बिद्यार्थीहरुको सहभगितामा बिद्यालय स्तरिय लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
- सेवा केन्द्रका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख एसपी ओम बहादुर राना को प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियो ।
पोखरा, ३१ जेठ । सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा, सामुदायिक प्रहरी सेवा एवं जिल्ला समन्वय कास्कीको सहयोगमा श्री सिद्धेश्वर मा वि पोखरा लेखनाथ २३ चापाकोट ठुलाखेतको कक्षा ८,९ र १० का बिद्यार्थीहरुको सहभगितामा बिद्यालय स्तरिय लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।
सेवा केन्द्रका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख एसपी ओम बहादुर राना को प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य पोखरा २३ का वडा अध्यक्ष बिष्णु पराजुलीले दिनु भएको थियो भने विधालय व्यवस्थापन समिती प्रेमराज भन्डारी, बिद्यालयका प्रधानाध्यापक बुद्दीनाथ पाराजुलीले प्रत्येक शिक्षकहरु व्यवसायिक ज्ञान प्रदान गर्नुका साथै लागु औषध दुर्व्यसन तथा सामाजिक बिकृतिको बारेमा पनि उतिकै सजग हुदै आफ्ना विद्यार्थीहरुको उज्जवल भविस्यको लागी हरतरहले लागीरहेको बताउदै लागु औषध जस्तो अत्यन्तै भयाबह कुलतबाट बच्न र बचाउन अभिभाबकहरु पनि बिशेष चनाखो हुनु पर्ने बताउनु भयो ।
सेवा केन्द्रका अध्यक्ष भिम पराजुलीले यस्ता चेतनामुलक कार्यक्रमहरु आगमी दिनहरुमा पनि निरन्तर गदै जाने बताउने भएको थियो । उक्त कार्यकक्रममा प्रशिक्षण प्र।ना।नि। रामचन्द्र के।सी।ले दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य सदस्य शेष कान्त शर्मा र सञ्चालन सदस्य तुल्सी दाहालले गर्नु भएको थियो ।

प्रतिक्रिया