बसाइँसराइले रितिदै बागलुङको जैमिनीका गाउँ

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १५, २०७९
|
|
३१ पटक हेरिएको
Shares
बसाइँसराइले रितिदै बागलुङको जैमिनीका गाउँ

सारांश

  • काठमाडौं ।
  • दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो ।
  • आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे ।

काठमाडौं । दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिराले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए । बसाइँसराइले अहिले गाउँ नै रित्तिएको छ ।

सोही वर्ष जैमिनी–९ पैञ्युथन्थापको पिप्लेगाउँका सबै उठ्ने गरी पहिरो खस्यो, सात घरपरिवार जोखिममा परे । मानवीय क्षति नभए पनि अधिकांश घरको उठिबास लाग्यो । पैञ्युथन्थापकै घ्युरमा आएको पहिराले गाउँले विस्थापित बने ।

जैमिनैकै दमेक, जैदी र बिनामारेमा पहिराले धेरै धनजनको क्षति भयो । तत्कालका लागि पहिराले पुर्‍याएको क्षतिको राहत त पीडितले पाए, तर बाढीपहिरो, बाँदर र विकास अभावले भइरहेको बसाइँसराइका दीर्घकालीन प्रभाव भने देखिन सुरु गरेको छ । प्राकृतिक प्रकोपका कारण भइरहेको बसाइँसराइको एउटा ज्वलन्त उदाहरण हो जैमिनीको जनसङ्ख्यामा आएको गिरावट । विसं २०७८ मा भएको राष्ट्रिय जनगणनाको तथ्याङ्कले यही उजागर गरेको छ ।

जैमिनीकै मुटु कुश्मीशेरामा रहेको शान्ति माध्यमिक विद्यालयको एसइई व्याच २०६४ का एक सय बढी विद्यार्थीमध्ये अधिकांशले कक्षा १२ उत्तिर्ण गरेपछि जैमिनी छाडेका जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउछन् । शान्ति माविमा जैमिनीका अधिकांश विद्यार्थीले अध्ययन गर्थे । उच्च शिक्षाका लागि घर छाडेर हिँडेकामध्ये धेरैजसो गाउँ फर्किएनन् । युरोप, अमेरिका र देशकै ठूला सहरमा पुगेकाहरु उतै बसेका उनले बताए ।

रोजगारीका अवसर गाउँमा नहुनु, कृषि पेसाले मात्रै गुजारा नचल्नुलगायतन कारणले नगरको जनसङ्ख्या घट्दो छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जैमिनीमा दुई दशमलव ५३ प्रतिशत जनसङ्ख्या ऋणात्मक रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको जनसङ्ख्या ३२ हजार ४६ रहेकामा १० वर्षपछि २४ हजार छ सय २८ मा झरेको छ । ऋणत्मक जनसङ्ख्या हुनेमा फलेवास नगरपालिका पनि रहेको छ ।

“जनसङ्ख्या धेरै घटेको पाइएको छ”, उपप्रमुख शर्मा भन्छन् । देश बाहिरभन्दा देशभित्रै बसाइँ सरेर जाने जैमिनीमा धेरै छन् । जैमिनीका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्य बसाइँसराइसँगै जन्मदर घट्दा जनसङ्ख्या घटेको बताउछन् । जैमिनीमा एक प्रतिशतभन्दा कम जन्मदर रहेको तथ्याङ्कले देखाएको छ ।

(https://bettysco.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय
प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय
नेपालगञ्ज उपमहानगरपालिकाः २० वर्ष पहिलेकै प्रतिस्पर्धी
नेपालगञ्ज उपमहानगरपालिकाः २० वर्ष पहिलेकै प्रतिस्पर्धी
वैज्ञानिकले हात पारे ठूलाे सफलता, मानव जातिको अर्को प्रजाति फेला
वैज्ञानिकले हात पारे ठूलाे सफलता, मानव जातिको अर्को प्रजाति फेला
सक्रिय राजनीतिमा फर्किए भण्डारी र पुन
सक्रिय राजनीतिमा फर्किए भण्डारी र पुन
सिन्धुपाल्चोकमा जीप दुर्घटना ५ को मृत्यु, ८ जना घाइते
सिन्धुपाल्चोकमा जीप दुर्घटना ५ को मृत्यु, ८ जना घाइते
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
As to why Women Are Looking For Marriage Partners
मेस्सी देखि राष्ट्रपतिसम्मअवैध धन लुकाउनेमा  :पनामा पेपर्स–२ खुलासा
मेस्सी देखि राष्ट्रपतिसम्मअवैध धन लुकाउनेमा :पनामा पेपर्स–२ खुलासा
कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित्, अर्को बैठक माघ २८ गते
कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित्, अर्को बैठक माघ २८ गते
प्रधामन्त्री ओलीको दावीः मेलम्चीको पानी काठमाडौँ आउन १ वर्ष पनि नलाग्ने
प्रधामन्त्री ओलीको दावीः मेलम्चीको पानी काठमाडौँ आउन १ वर्ष पनि नलाग्ने

तपाईंले छुटाउनुभयो कि?