अव देशमा पाँच दल मात्रै राष्ट्रिय दल, विवेकशील र राप्रपा आउट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
२० पटक हेरिएको
Shares
अव देशमा पाँच दल मात्रै राष्ट्रिय दल, विवेकशील र राप्रपा आउट

सारांश

  • काठमाडौँ ।
  • ३ प्रतिशत मत ल्याउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रावधान अनुसार अव देशमा पाँच राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन्।
  • नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी९राजपा०ले मात्रै ३ प्रतिशत मत कटाउने सम्भावना देखिएको छ।

काठमाडौँ । ३ प्रतिशत मत ल्याउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रावधान अनुसार अव देशमा पाँच राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी९राजपा०ले मात्रै ३ प्रतिशत मत कटाउने सम्भावना देखिएको छ।

शुक्रबार विहान ११ बजेसम्म समानुपातिकको मतगणनाको परिणाम अनुसार एमालेले सबै भन्दा बढी ३४ प्रतिशत मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ३३ प्रतिशत, नेकपा माओवादीले १४ प्रतिशत, फोरमले ५ र राजपाले ४ प्रतिशत मत प्राप्त गरेका छन् । उता एक सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय दलको सूचिमा नपर्ने भएको छ। राप्रपाले ३ प्रतिशत मत ल्याउने अवस्था न्यून रहेको छ।

त्यसै निर्वाचनको समयमा चर्चाको शिखरमा रहेको विवेकशील साझा पार्टीले पनि ३ प्रतिशत मत नकाटाउने भएको छ। एक सिट जितेका नयाँ शक्ति नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा समेत राष्ट्रिय दल नबन्ने भएको छ । निर्वाचन आयोगका अनुसार मुलुक भर १ करोड ५ लाख ८७ हजार ५ सय २१ मतदान भएको छ। जसमा अहिलेसम्म ९० प्रतिशतको हाराहारीमा मतगणना भइसकेको छ। यता प्रत्यक्ष तर्फ एमालेले ८०, माओवादी केन्द्र ३६, काँग्रेसले २३, राजपाले ११, फोरमले १० सिट जितेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?