ओलीलाई प्रधानमन्त्रीकै सरह सुरक्षा, के थपियो ?
सारांश
- काठमाडौं, पुस १४ ।
- नेकपा एमालेका अध्यक्ष केपी ओलीको सुरक्षा बढाइएको छ ।
- ओलीको सुरक्षाको लागि बुधबारदेखि डिएसपी खटाइएको छ ।
काठमाडौं, पुस १४ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको सुरक्षा बढाइएको छ । ओलीको सुरक्षाको लागि बुधबारदेखि डिएसपी खटाइएको छ ।
प्रहरी प्रधान कार्यालयले छिट्टै प्रधानमन्त्री हुन लागेको भन्दै ओलीको सुरक्षाका लागि डिएसपी खटाएको जनाएको छ ।
यसअघि ओलीको सुरक्षामा नेपाल प्रहरीबाट इन्सपेक्टर तथा सशस्त्र प्रहरीबाट सईको कमाण्डमा प्रहरी खटिँदै आएकोमा बुधबारबाट डिएसपी सानुराम भट्टराईलाई ओलीको सुरक्षार्थ थप गरिएको छ ।
बहालवाला प्रधानमन्त्रीलाई पनि डिएसपीकै कमाण्डमा प्रहरी खटाइने गरिएको छ । पछुवा गाडी बाहेक ओलीलाई पनि प्रधानमन्त्रीकै सरह सुरक्षा खटाइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया