समानुपातिकतर्फ कसले कति सिट पाउने ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १, २०७४
|
|
४० पटक हेरिएको
Shares
समानुपातिकतर्फ कसले कति सिट पाउने ?

सारांश

  • काठमाडौं, पुस १ – प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको मतगणना लगभग सकिएको छ ।
  • प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सिट पाउन चाहिने कुल सदर मतको ३ प्रतिशत मत पाँचवटा दलले मात्र ल्याएका छन् भने प्रदेशसभामा पनि यीनै दल हाबी भएका छन् ।
  • प्रदेशसभामा सिट कायम गर्न १ दशमलव ५ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ ।

काठमाडौं, पुस १ – प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको मतगणना लगभग सकिएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सिट पाउन चाहिने कुल सदर मतको ३ प्रतिशत मत पाँचवटा दलले मात्र ल्याएका छन् भने प्रदेशसभामा पनि यीनै दल हाबी भएका छन् । प्रदेशसभामा सिट कायम गर्न १ दशमलव ५ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ ।

अब प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फबाट दलहरुले जित्ने सिटको हिसाबकिताव यस्तो छ :

मंसिर १० र २१ गते भएको चुनावमा एक करोड ५ लाख भोट खसेको थियो । प्रतिनिधिसभामा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले मात्र ३ प्रतिशत कटाएकाले प्रतिनिधिसभामा समानुपातिकबाट यीनै पाँचदलका मात्र सांसद हुनेछन् ।

प्रतिनिधिसभातर्फ प्रत्यक्ष ८० सिट जित्दै पहिलो दल बनेको एमाले समानुपातिकमा पनि पहिलो नै भएको छ । एमालेले खसेको कुल सदर मतको ३५ प्रतिशत मत ल्याएको छ । त्यस्तै प्रत्यक्षमा २३ सिट मात्र जितेर तेश्रो स्थानमा धकेलिएको कांग्रेस समानुपातिकतर्फ भने दोस्रो भएको छ । उसले ३४ प्रतिशत मत पाएको छ । समानुपातिक समेतको परिणामले कांग्रेस दोश्रो दल बन्ने पनि निश्चित भएको छ ।

त्यस्तै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादीले केन्द्रले समानुपातिकमा १४ प्रतिशत मत ल्याएको छ । संघीय समाजवादी फोरम र राजपाले ५ प्रतिशत हाराहारीमा मत पाएका छन् ।

३ प्रतिशत मत नकटाएका विवेकशील साझा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा लगायतका दलले समानुपातिकमा पाएको मतबाट एकजना पनि सांसद पठाउन पाउँदैनन् । यी दलले पाएको मतको हिसाब नहुने भएकाले ३ प्रतिशत मत कटाएका दलहरुले थप सिट पाउनेछन् ।

जसअनुसार प्रतिनिधिसभामा एक सय १० समानुपातिक सांसदमध्ये सरदरमा एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७ तथा संघीय समाजवादी फोरम र राजपा नेपालले ६/६ सिट पाउनेछन् । प्रत्यक्षबाट थोरै मात्र महिला सांसदले जितेको संघीय संसदमा दलले पाएका यी सिटमा सबैजसो महिलालाई चयन गर्नुपर्ने अवस्था छ ।

प्रदेशसभा

प्रदेशसभामा समानुपातिकतर्फ सिट कायम गर्न कुल सदर मतको १ दशमलव ५ प्रतिशत मत कटाउनुपर्छ ।

प्रदेश नम्बर १

एक नम्बर प्रदेशमा बन्ने ९३ सदस्यीय प्रदेशसभामा ३७ जना सांसद समानुपातिकबाट छानिदै छन् । दलहरुले प्राप्त गरेको मतअनुसार ३७ सिटमध्ये एक नम्बर प्रदेशमा एमालेले १५, कांग्रेसले १३ माओवादीले ६,  संघीय समाजबादी फोरमले २ र राप्रपाले १ सिट पाउने भएका छन् ।

प्रदेश नम्बर २

प्रदेश नम्बर २ मा १ सय ७ सदस्यीय प्रदेशसभा बन्दैछ । जसमा प्रत्यक्षबाट ६४ र बाँकी ४३ प्रतिशत समानुपातिकबाट छानिदैछन् । समानुपातिकतर्फको ४३ सिटमा दुई नम्बर प्रदेशमा पहिलो दल कांग्रेस, दोस्रो राजपा र तेश्रो संघीय समाजवादी भएका छन् ।

यो प्रदेशमा कांग्रेसले सबैभन्दा धेरै ११, राजपा र फोरमले ९–९ सिट पाउने छन् । अरु प्रदेशमा अघि देखिएको एमाले यो प्रदेशमा चौथो स्थानमा खुम्चिएको छ । उसले ८ र माओवादीले ५ जना सांसद पाउनेछन् । यस्तै नेपाल संघीय समाजवादी पार्टीले पनि प्रदेश नम्बर २ मा एक सिट पाउनेछ ।

प्रदेश नम्बर ३

प्रदेश नम्बर तीनमा एक सय १० सदस्यीय प्रदेशसभा गठन हुनेछ । जसमध्ये ६६ जना प्रत्यक्षबाट निर्वाचित भइसकेका छन् भने ४४ जना समानुपातिकबाट चुनिनेछन् । प्रत्यक्षतर्फ एक्लै झण्डै बहुमत ल्याएको एमाले यो प्रदेशसभामा समानुपातिकमा पनि सबैभन्दा धेरै सांसद पाउनेछ ।

यस्तै, वैकल्पिक राजनीतिक शक्तिका रुपमा आएको विवेकशिल साझा पार्टीले पनि यो प्रदेशमा सिट कायम गरेको छ । प्रदेश नम्बर ३ मा एमालेले १७, कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ र राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक सिट पाउने भएका छन् ।

प्रदेश नम्बर ४

प्रदेश नम्बर चारको समानुपातिकतर्फ पनि एमाले नै पहिलो दल बनेको छ । प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सहित यो प्रदेशमा ६० सदस्यीय प्रदेशसभा गठन हुँदैछ । चार नम्बर प्रदेशमा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ तथा नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले १–१ सिट पाउने छन् ।

प्रदेश नम्बर ५

५ नम्बर प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा बन्दैछ । जहाँ ५२ जना प्रत्यक्षबाट निर्वाचित भएका छन् भने समानुपातिकबाट ३५ सांसद आउनेछन् । यो प्रदेशमा एमाले र कांग्रेसले झण्डै बराबर जस्तै मत पाएका छन् । त्यसकारण एमालेले १३, नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले ६, संघीय समाजबादी फोरमले २ र राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले १–१ जना सांसद पाउने भएका छन् ।

प्रदेश नम्बर ६

६ नम्बर प्रदेशमा सबैभन्दा सानो अर्थात ४० सदस्यीय प्रदेशसभा बन्नेछ । यो प्रदेशमा प्रत्यक्षबाट २४ सांसद चुनिइसकेकाले समानुपातिकबाट १६ जना सांसद चुनिनेछन् । यो प्रदेशमा पनि समानुपातिकतर्फ एमाले पहिलो र कांग्रेसले दोस्रो धेरै मत पाएका छन् । निर्वाचन आयोगको आँकडा अनुसार एमाले र कांग्रेसले समान ६–६ तथा माओवादीले ४ सिट पाउनेछन् । राप्रपा र नेमकिपाले ६ नम्बर प्रदेशमा १ दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कटाएपनि सिट थोरै भएका कारण कुनै सिट पाउदैनन् ।

प्रदेश नम्बर ७

सात नम्बर प्रदेशमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ । यो प्रदेशमा समानुपातिकबाट कांग्रेसले ८, एमालेले ७, माओवादीले ४ र राजपा र राप्रपाले एक एक सिट पाउनेछन् । प्रत्यक्षतर्फ ३२ समानुपातिकबाट २१ गरी सात नम्बर प्रदेशमा ५३ सदस्यीय प्रदेशसभा बन्नेछ ।

केन्द्रिय संसदमा जस्तै प्रदेशसभामा पनि महिलाको उपस्थिति ३३ प्रतिशत अनिवार्य गरिएको छ । प्रदेशसभामा पनि प्रत्यक्षतर्फ महिला कम मात्र चुनिएकाले समानुपातिकबाट धेरै महिलाको नाम सांसदका रुपमा जाने निश्चित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँमा भालुको आक्रमणबाट एकजना घाइते
तनहुँमा भालुको आक्रमणबाट एकजना घाइते
प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस्: आयोग
प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस्: आयोग
डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहज : गभर्नर डा चिरञ्जीवी नेपाल
डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहज : गभर्नर डा चिरञ्जीवी नेपाल
गंगामाया अधिकारीका छोरा नुरप्रसादद्वारा अदालतमा तोडफोड !
गंगामाया अधिकारीका छोरा नुरप्रसादद्वारा अदालतमा तोडफोड !
तीन वर्षमा झण्डै तीन सयको दुर्घटनाबाट मृत्यु !
जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन
जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
महोत्तरी-४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा
महोत्तरी-४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा
निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक
निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?