महोत्तरी-४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ३०, २०७९
|
|
२४ पटक हेरिएको
Shares
महोत्तरी-४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा

सारांश

  • महोत्तरी।
  • आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा महोत्तरी-४ मा प्रतिनिधिसभा सदस्यमा दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
  • महोत्तरी-४ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमार राय र एमाले-जसपा गठबन्धनबाट जनता समाजवादी (जसपा) नेपालका केन्द्रीय सदस्य डा सुरेन्द्रकुमार यादवसहित प्रतिनिधिसभा सदस्य पदमा १४ उम्मेदवार छन्।

महोत्तरी। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा महोत्तरी-४ मा प्रतिनिधिसभा सदस्यमा दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

महोत्तरी-४ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमार राय र एमाले-जसपा गठबन्धनबाट जनता समाजवादी (जसपा) नेपालका केन्द्रीय सदस्य डा सुरेन्द्रकुमार यादवसहित प्रतिनिधिसभा सदस्य पदमा १४ उम्मेदवार छन्।

जसमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या छ छ। चुनावी प्रतिस्पर्धामा दुई गठबन्धनका अतिरिक्त जनमत पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा नेपालसहितका दलका उम्मेदवार छन्।

यद्यपि यहाँ निवर्तमान सांसद डा यादव र नेकां केन्द्रीय सदस्य रायबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिँदैछ। निर्वाचनमा खुला प्रचारको अवधि सकिनैलाग्दा धेरैजसो अन्तिम आकर्षक सभाको तयारीमा जुटेका छन्।

निर्वाचनको मतदान कार्यक्रम अब चार दिनमात्र बाँकी हुँदा आम सर्वसाधारणमा चुनाव परिणाम कस्तो होला भन्ने खुल्दुली र चासो देखिन्छ। क्षेत्रमा धेरैजसो डा यादव र कांग्रेस केन्द्रीय सदस्यबीच मुख्य प्रतिस्पर्धाकै चर्चा गरिएको पाइएको छ।

यसअघि २०७४ मा डा यादव त्यतिखेरको वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मोहम्मद रजि हैदरलाई पछि पार्दै विजयी भएका थिए। त्यतिखेरका मुख्य प्रतिस्पर्धी हैदर अहिले रायको पक्षमा छन्।

सत्ता गठबन्धनबाट राय उम्मेदवार छन्। त्यसबाहेक सत्ता गठबन्धनआवद्ध माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोसपाका नेता-कार्यकर्ता रायको पक्षमा जुटेका छन्।

यो गठबन्धनआवद्ध राष्ट्रिय जनमोर्चाको भने यहाँ गतिविधि देखिँदैन। त्यसैगरी जसपा र एमालेका नेता कार्यकर्ता डा यादवको पक्षमा जुटेका छन्।

खुला प्रचारको अवधि सकिनै लाग्दा उम्मेदवारले प्रचार अभियान झन तीव्र बनाएका छन्। जसपाका डा यादव पनि सहयोगी दल एमालेका स्थानीय नेतासाथ सघन भेटघाट र एकै दिन कैयौँ ठाउँमा कोणसभा गरिरहेका छन्।

महोत्तरी-४ मा औरही नगरपालिकाका छ, मनराशिवा नगरपालिकाका सात, रामगोपालपुर नगरपालिकाका नौ (सबै), सम्सी गाउँपालिकाका सात (सबै) र सोनमा गाउँपालिकाका आठ (सबै) गरी जम्मा ३७ वडा समेटिएका छन्। प्रदेशसभा (१) मा १८ र प्रदेशसभा (२) मा १९ वडा छन्।

महोत्तरी-४ प्रतिनिधिसभा क्षेत्रभित्रका दुई प्रदेशसभा क्षेत्रमध्ये प्रदेशसभा (१) र (२) मा क्रमशः सत्ता गठबन्धनबाट क्रमशः लोसपाका कौशलकुमार राय (यादव) र नेकपा (माओवादी केन्द्र)का लालेन्द्रकुमार मण्डल छन्।

उनीहरूमध्ये राय यसअघि सोही प्रदेशसभा क्षेत्रबाट सङ्घीय समाजवादी पार्टी (पछि जसपा)बाट निर्वाचित भए पनि यसपटक लोसपाबाट उम्मेदवार बनेका हुन्। त्यसैगरी मण्डल विसं २०६४ को पहिलो संविधानसभा सदस्य थिए।

यसैगरी एमाले-जसपा गठबन्धनबाट प्रदेशसभा क्षेत्र (१) मा एमालेका केन्द्रीय सदस्य सरोज यादव र (२) बाट जसपाका यसअघि सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहा उम्मेदवार छन्। प्रदेशसभामा पनि यिनै दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

प्रदेशसभा क्षेत्र (१) मा तीन महिलासहित २५ उम्मेदवार छन्। स्वतन्त्र उम्मेदवारको सङ्ख्या १७ छ। त्यसैगरी प्रदेशसभा क्षेत्र (२) मा २० उम्मेदवार रहेका छन्। यहाँ एक मात्र महिला उम्मेदवार छन्। स्वतन्त्र उम्मेदवारको सङ्ख्या १४ रहेको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिए।

महोत्तरी-४ प्रतिनिधिसभा क्षेत्रमा ९८ हजार आठ सय ९६ मतदाता छन्। कुल ६० मतदानस्थलमा एक सय २२ मतदान केन्द्र कायम गरिएको छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Cryptocurrency Prices

    The point of view of your article has taught me a lot, and I already know how to improve the paper on gate.oi, thank you. https://www.gate.io/pt-br/signup/XwNAU

    Comment Author

    Открыть счет в binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?