शहीद गोविन्द गौतमका परिवारलाई एमालेले ५ लाख दिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३, २०७३
|
|
५१२ पटक हेरिएको
Shares
शहीद गोविन्द गौतमका परिवारलाई एमालेले ५ लाख दिने

सारांश

  • भारतीय एसएसबी एक साताअघि गोली हानी हत्या गरेका कञ्चनपुर पुनर्वास नगरपालिका आनन्दबजारका गोविन्द गौतमको परिवारलाई नेकपा एमालेले ५ लाख सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
  • एमालेको मेची-महाकाली अभियानका क्रममा आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित अन्तिम सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले शहीद गोविन्द गौतमको परिवारलाई ५ लाख राहत रकम एमालेका तर्फबाट उपलब्ध गराउने घोषणा गरे ।
  • घोषणा लगत्तै एमाले अध्यक्ष केपी ओलीले पाँच लाखको चेक एमाले कञ्चनपुरका अध्यक्ष तारा लामालाई प्रदान गरेका छन् ।

भारतीय एसएसबी एक साताअघि गोली हानी हत्या गरेका कञ्चनपुर पुनर्वास नगरपालिका आनन्दबजारका गोविन्द गौतमको परिवारलाई नेकपा एमालेले ५ लाख सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

एमालेको मेची-महाकाली अभियानका क्रममा आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित अन्तिम सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले शहीद गोविन्द गौतमको परिवारलाई ५ लाख राहत रकम एमालेका तर्फबाट उपलब्ध गराउने घोषणा गरे ।

घोषणा लगत्तै एमाले अध्यक्ष केपी ओलीले पाँच लाखको चेक एमाले कञ्चनपुरका अध्यक्ष तारा लामालाई प्रदान गरेका छन् ।

उनले एसएसबीको यस हर्कतप्रति निन्दा गर्दै यस घटनाबारे भारतले नेपाल र नेपाली जनतासमक्ष माफी माग्नुपर्ने माग गरे । यसबारे आफूले प्रधानमन्त्री प्रचण्डसँग पनि कुरा गरिसकेको एमाले अध्यक्ष ओलीले बताए ।

सरकारले शहीद गौतमका छोराछोरीलाई उच्चशिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेकोबारे ओलीले शहीदका छोराछोरीलाई कसैले नहेरे एमालेले हेर्ने दावी गरे ।

सीमा विवाद उत्कर्षमा पुग्दा गत बिहीबार भएको झडपमा भारतीय एसएसबीले गोली प्रहार गर्दा गोविन्द गौतमको मृत्यु भएको थियो । उनलाई सरकारले शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?