पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला उपर पुनरावलोकनमा निस्सा प्राप्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ११, २०७७
|
|
१९ पटक हेरिएको
Shares
पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला उपर पुनरावलोकनमा निस्सा प्राप्त

सारांश

  • काठमाडौं, ११ साउन ।
  • पत्नी हत्याका दोषी पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन हुने भएको छ ।
  • पुनरावेदनको निवेदन उपर आज सर्वोच्चमा सुनुवाई भएपछि यसका लागि निस्सा प्राप्त भएको हो ।

काठमाडौं, ११ साउन । पत्नी हत्याका दोषी पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन हुने भएको छ । पुनरावेदनको निवेदन उपर आज सर्वोच्चमा सुनुवाई भएपछि यसका लागि निस्सा प्राप्त भएको हो ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलाशमा सुनुवाई भएपछि पुनरावलोकनका लागि निस्सा प्राप्त भएको हो । पुनरावलोकनमा जाने सम्बन्धमा न्यायाधीशको च्याम्बरमा आन्तरिक अध्ययनपछि टुंगो लगाइएको हो । अब प्रधानन्यायाधीशले इजलास तोकेपछि बहस तथा सुनुवाई हुनेछ ।

यसअघि बिहिबार सरकारी वकिलको कार्यालयका तर्फबाट परेको निवेदनमा आज पेसी तोकिएको थियो । पत्नी हत्याका दोषी रञ्जन कोइराला ८ साउनमा थुनामुक्त भएपछि सजाय घटाउने अदालतको फैसला विवादमा परेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलाशले सजाय घटाउने फैसला सुनाएको थियो । त्यसपछि उनी साँढे ११ वर्ष अघि नै छुटेका थिए ।सशस्त्र प्रहरी बलका तत्कालिन डिआइजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको २०६८ साल पौषमा हत्या गरी शव मकवानपुरको टिस्टुङ लगी जलाएका थिए । आधा जलेको गीताको शरीर भेटिएको थियो । उनलाई ८ माघ २०६८ मा पक्राऊ गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतले ७ वैशाख २०७१ मा सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । फैसला चित्त नबुझेको भन्दै रञ्जनले उच्च अदालत पाटनमा पुनरावेदन दिएपनि २३ मंसिर २०७२ मा जिल्लाकै फैसला सदर गरिदियो । तर, सर्वोच्च अदालतले साँढे ११ वर्ष कैद मिनाहा गर्ने फैसला सुनायो । त्यसपछि ८ साउनमा रञ्जन छुटेपछि सोही दिन सर्वोच्चमा पुनरावलोकनका लागि निवेदन परेको थियो । निवेदनमाथि सुनुवाई भई तीन सदस्यीय इजलाश गठन भई ११ साउनमा पुनरावलोकनको निस्सा प्राप्त भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?