विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काटिँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
४३ पटक हेरिएको
Shares
विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काटिँदै

सारांश

  • लहान, ८ पुस ।
  • नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सेवाग्राहीको विद्युत् लाइन काट्न शुरु गरेको छ ।
  • प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजारभन्दा बढी बक्यौता रहेका २२० ग्राहकको विद्युत् लाइन काट्न शुरु गरेको हो ।

लहान, ८ पुस । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सेवाग्राहीको विद्युत् लाइन काट्न शुरु गरेको छ ।

प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजारभन्दा बढी बक्यौता रहेका २२० ग्राहकको विद्युत् लाइन काट्न शुरु गरेको हो । बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक पटक समयमै विद्युत् महशुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालिएको प वितरण केन्द्र लहानका प्रमुख विष्णुदेव यादवले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता नबुझाउने तीन फेजका २२० ग्राहकको विद्युत् लाइन काटिने छ । ग्राहकबाट विद्युत् महशुलबापत रु तीन करोडभन्दा बढी बक्यौता रहेको केन्द्रले जनाएको छ । प्राधिकरण वितरण केन्द्र लहानमा ४५ हजार ग्राहक छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?