कसरी विश्वकै नमुना बन्यो नेपालको निर्वाचन ?
सारांश
- हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन विश्वकै नमुना भएको दावी प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले गरेका छन् ।
- मंगलबार ओखलढुंगामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् ।
- धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले भने ‘एकसाथ दुई प्रकृतिका निर्वाचन विश्वमा कहिँ पनि भएका छैनन्, त्यसैले यसरी दुवै निर्वाचन सम्पन्न हुनु विश्वकै लागि दुर्लभ र नमुना हो ।
हालै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन विश्वकै नमुना भएको दावी प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले गरेका छन् । मंगलबार ओखलढुंगामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् । धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले भने ‘एकसाथ दुई प्रकृतिका निर्वाचन विश्वमा कहिँ पनि भएका छैनन्, त्यसैले यसरी दुवै निर्वाचन सम्पन्न हुनु विश्वकै लागि दुर्लभ र नमुना हो ।’
जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले निर्वाचन ऐतिहासिकरुपमा सम्पन्न गराउन सहयोग गर्ने राजनितिक दल, कर्मचारी, सञ्चारकर्मी तथा पर्यवेक्षकहरुलाई धन्यवाद दिए । निर्वाचन सफलतापुर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिन यादब ओखलढुंगा पुगेका हुन् । देशका केही स्थानमा छिटपुट घटना भएको स्वीकार्दै उनले देशव्यापीरुपमा भने शान्तिपुर्ण तवरले नै निर्वाचन सम्पन्न भएको बताए । अब निर्वाचित जनप्रतिनिधिले नागरिकको आशा अनुरुप सुरक्षा र विकासको क्षेत्रमा इमानदार तरिकाले काम गर्नु पर्ने समेत सुझाए ।
प्रतिक्रिया