काठमाडौ उपत्यकामा नयाँ शहरको डिपिआर तयार, कहाँ कहाँ बन्दैछन् स्मार्ट सिटी

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २६, २०७७
|
|
१६ पटक हेरिएको
Shares
काठमाडौ उपत्यकामा नयाँ शहरको डिपिआर तयार, कहाँ कहाँ बन्दैछन् स्मार्ट सिटी

सारांश

  • काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्को बैठकमा पठाइएको छ ।
  • काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका भौतिक विकास समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
  • बैठक समितिका अध्यक्ष सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा बसेको थियो ।

काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्को बैठकमा पठाइएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका भौतिक विकास समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्राधिकरणले जनाएको छ । बैठक समितिका अध्यक्ष सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा बसेको थियो ।
प्रस्तावित चार नयाँ सहरमध्ये ‘काठमाडौँ इसान’, ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ उत्तर’को प्रस्तावित स्मार्ट सिटीको तयार डीपीआर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरिएको प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिएका छन् ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख बैठकमा अनुपस्थित भएको हुनाले ललितपुर जिल्लामा पर्ने प्रस्तावित सहर ‘काठमाडौँ नैऋत्य’ को डीपीआरबारे निर्णय हुन नसकेको उनले बताएका छन् । भक्तपुरको नगरकोटदेखि मूलपानीसम्म (पूर्व–उत्तर) ‘काठमाडौँ इसान’ स्मार्ट सिटी निर्माण गर्ने निर्णय गरिएको बताउँदै प्राधिकरण प्रमुख तिवारीले भने ।

त्यसैगरी भक्तपुरकै बालकोटदेखि सूर्यविनायक मन्दिरसम्म (पूर्व–दक्षिण) ‘काठमाडौँ आग्नेय, ललितपुरको सिमालखालदेखि खहरे खोलासम्म (दक्षिण–पश्चिम) ‘काठमाडौँ नैऋत्य’ र काठमाडौँको साँखु क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ‘काठमाडौँ उत्तर’ स्मार्ट सिटी निर्माण गरिने प्रस्ताव गरिएको छ । ‘काठमाडौँ इसान’ को डीपीआर निर्माण फिनल्यान्डको हेलेन एन्ड कम्पनी र जेके एसोसियट्स (जेभी)ले गरेको हो ।

त्यसैगरी, ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ नैऋत्य’ को डीपीआर नेपाली कम्पनी ईएमआरसी र फुलब्राइट कन्सल्टेन्सीले गरेको थियो भने ‘काठमाडौँ उत्तर’ को डीपीआर नेपाली कम्पनी टेक कन्सल्ट्यान्टले गरिरहेको छ । गोरखापत्रबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१५ अर्बको क्षति! भाटभटेनी समूह ‘जेन–जी आन्दोलन’को हिंसामा सबैभन्दा ठूलो नोक्सानीमा
१५ अर्बको क्षति! भाटभटेनी समूह ‘जेन–जी आन्दोलन’को हिंसामा सबैभन्दा ठूलो नोक्सानीमा
कैदीबन्दीमा कोरोना संक्रमणः जिल्ला अस्पताल सिल
कैदीबन्दीमा कोरोना संक्रमणः जिल्ला अस्पताल सिल
आत्मविश्वासी विद्या
आत्मविश्वासी विद्या
प्रचण्ड सरकार रहिरहे देश असफल राष्ट्र बन्ने केपी ओलीकाे दाबी
प्रचण्ड सरकार रहिरहे देश असफल राष्ट्र बन्ने केपी ओलीकाे दाबी
उदयपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ४२ पुग्यो
उदयपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ४२ पुग्यो
धार्मिक पर्यटकीय क्षेत्र मुडकामा मेला
धार्मिक पर्यटकीय क्षेत्र मुडकामा मेला
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
कमल थापालाई वाम गठबन्धनको चुनौती !
कमल थापालाई वाम गठबन्धनको चुनौती !
दक्षिणी चीनमा राजमार्ग भासिँदा, २४ जनाको मृत्यु, दर्जनौं घाइते
दक्षिणी चीनमा राजमार्ग भासिँदा, २४ जनाको मृत्यु, दर्जनौं घाइते
विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था लागु हुन सकेन !
विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था लागु हुन सकेन !

तपाईंले छुटाउनुभयो कि?