वर्षाले आलु खेतीमा फाइदा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २७, २०७६
|
|
३८ पटक हेरिएको
Shares
वर्षाले आलु खेतीमा फाइदा

सारांश

  • यहाँ पानी परेपछि भर्खर खेतमा लगाइएको तरकारी बालीलाई फाइदा हुने देखिएको छ ।
  • यस वर्ष नहर मर्मतका कारण सिंचाइ गर्न नमिल्ने भएकाले चिन्तित किसान केही ठूलो पानी परे हुन्थ्यो भन्ने आशामा थिए ।
  • विजयपुर कृषि सहकारी संस्था लिमिटेड रामपुरका अध्यक्ष तथा अगुवा कृषक सूर्यप्रसाद रेग्मीले पानी परेर घाम लागेमा आलु खेतीलाई निकै फाइदा हुने बताउनुभयो ।

यहाँ पानी परेपछि भर्खर खेतमा लगाइएको तरकारी बालीलाई फाइदा हुने देखिएको छ । यस वर्ष नहर मर्मतका कारण सिंचाइ गर्न नमिल्ने भएकाले चिन्तित किसान केही ठूलो पानी परे हुन्थ्यो भन्ने आशामा थिए ।
विजयपुर कृषि सहकारी संस्था लिमिटेड रामपुरका अध्यक्ष तथा अगुवा कृषक सूर्यप्रसाद रेग्मीले पानी परेर घाम लागेमा आलु खेतीलाई निकै फाइदा हुने बताउनुभयो । “आलु उम्रिनेबित्तिकै औषधि छर्दा माटोलाई समेत असर गर्छ तर आलु लगाएपछि पानी परेर उम्रिएपछि घाम लागेमा आलुमा रोग समेत लाग्दैन”, उहाँले भन्नुभयो ।
लसुन प्याज, काउली, बन्दालगायत तरकारी खेतीलाई निकै राम्रो हुने भएपछि यहाँ किसान खुशी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?