संयुक्त कार्यदललाई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको दिशानिर्देश

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २६, २०७४
|
|
१७ पटक हेरिएको
Shares
संयुक्त कार्यदललाई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको दिशानिर्देश

सारांश

  • काठमाडौं, २६ पुस ।
  • राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठित एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदललाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा दिशानिर्देश गरेका छन् ।
  • एमाले(माओवादी केन्द्रका अध्यक्षसहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बालकोटमा बसेको थियो ।

काठमाडौं, २६ पुस । राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठित एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदललाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा दिशानिर्देश गरेका छन् ।

एमाले(माओवादी केन्द्रका अध्यक्षसहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बालकोटमा बसेको थियो । बैठकमा ओली र प्रचण्डले कार्यदलले काम गर्ने कार्यविधि र कार्यादेशका बारेमा दिशानिर्देश गरेका थिए ।

कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा रिपोर्ट पेश गर्नेछ । रिपोर्ट तयार पार्दा दुबै दलले प्राप्त गरेको जनमत, व्यक्तिको व्यक्तित्व र योगदान, पार्टी एकताको स्प्रीट र सन्तुलनलाई आधार बनाइने कार्यदलका सदस्य वर्षमान पुन अनन्तले जानकारी दिए ।

कार्यदलले भोलिदेखि नै काम सुरु गरेर छिटो रिपोर्ट पेश गर्ने र रिपोर्टभन्दा पहिल्यै पार्टी एकता भएमा कार्यदलको रिपोर्टसहित बाँकी जिम्मेवारी स्वतः एकीकृत तहको शीर्ष कमिटीमा जाने पनि पुनले जानकारी दिए ।

कार्यदलमा रामबहादुर थापा “बादल”, सुवास नेम्वाङ, वर्षमान पुन अनन्त, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र मातृका यादव सदस्य रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?