एमालेले मधेशमा टाउको उठाउन नसक्ने गरी पराजित हुने निधिको दावी
सारांश
- जनकपुर ।
- नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले संविधान संशोधनमा असहयोग गरेको एमालेलाई मधेशमा शिर उठाउन नसक्ने गरी पराजित गर्न आह्वान गरेका छन् ।
- ‘संविधान संशोधनमा असहयोग गर्दै मधेश विरोधी पार्टी बनेको एमालेलाई टाउको उठाउन नसक्ने गरी पराजित गर्नुपर्छ’, सोमबार जनकपुरमा नेपाली कांग्रेस प्रचार प्रसार समिति मिडिया सेन्टर, धनुसाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले एमाले छटपटाएको अवस्था छ ।
जनकपुर । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले संविधान संशोधनमा असहयोग गरेको एमालेलाई मधेशमा शिर उठाउन नसक्ने गरी पराजित गर्न आह्वान गरेका छन् ।
‘संविधान संशोधनमा असहयोग गर्दै मधेश विरोधी पार्टी बनेको एमालेलाई टाउको उठाउन नसक्ने गरी पराजित गर्नुपर्छ’, सोमबार जनकपुरमा नेपाली कांग्रेस प्रचार प्रसार समिति मिडिया सेन्टर, धनुसाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले एमाले छटपटाएको अवस्था छ ।’
उनले चिनियाँ अधिारीको सल्लाहमा उतर कोरिया जाने एमाले नेता माधवकुमार नेपालभन्दा मधेशी जनता राष्ट्रवादी भएको उल्लेख गर्दै कुनै दलले मधेसीलाई बिदेशी भने कांग्रेसलाई स्वीकार्य नहुने बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चीनमा गएर नेपालमा संघियता आवश्यक नरहेको र नेपालको परराष्ट्र नीति बिपरित एमाले नेता माधव कुमार नेपाल उतर कोरिया गएर गलत गरेको निधिले टिप्पणी थियो ।
कांग्रेसको पहलमा जनकपुरलाई भारतसंग जोड्ने जटही–जनकपुर–ढल्केवर ६ लेन व्यापारिक मार्गसहित भारतको पिपरौनमा नाका खोल्ने कार्य भइरहेको पनि निधिले जानकारी गराए । जनकपुरका व्यापारीलाई कांग्रेसकै पहलमा भिठ्ठामोड र जयनगर गएर भन्सार बुझाउने झन्झटबाट मुक्त गराएको पनि उनको दावी थियो ।
नेपाली कांग्रेसको सक्रियतामा जटही नाका खोलेर भारतमा पिपरौन भन्सार, जटही–जनकपुर–ढल्केवर ६ लेन व्यापारी मार्ग, मधेशको लाइफ लाइनको रुपमा रहेको पूर्व–पश्चिम हुलाकी राजमार्ग खण्डको सप्तरीदेखि पर्सासम्म जोड्ने दुई लेन सडक टेण्डरलगाएर मधेशको विकासमा भुमिका निर्वाह गरेको पनि उल्लेख गरे ।
कांग्रेसको तर्फबाट जनकपुर उपमहानगरपालिकाका मेयरका उम्मेदवार मनोज साह र उपमेयर उम्मेदवार निलम कर्णलाई विजय गराए जनकपुर उपमहानगरपालिका महानगरमा परिणत हुने, धार्मिक नगरी र व्यापारको केन्द्र बन्ने उनले मतदातालाई लोभ देखाए ।
संविधानका कारण मधेशमा बढेको असंतुष्टी सम्बोधन गर्न कांग्रेसले संशोधनका लागि प्रयास गरेपनि एमालेको अवरोधका कारण हुन नसकेको उल्लेख गर्दै निधिले मधेश र मधेसीको भावना कांग्रेसले मात्र समेट्न सक्ने उल्लेख गरे । कान्तिपुर
Dev Bdr Maharjan
हावा कुरा ।
Baikuntha Bhandari
Lampasar badi ko patasaf hunexa
Basant Roka
Tyo mouth le nabol
Saud Tek Bahadur
कुकुर कति भुकेको हो नि साला बिहारि काग्रेस जब सम्मा नेपाल बाट पत्ता साप हुदैन तबसम्म नेपाल मा बिकास हुदैन एमाले ले जिते को देखेर बौलाएको छ मोदी को कुकुर
मंगल डिम्डुङ्ग
Lakpa Sherpa
Kagko nam kagle Nai kadxa baneko yahi Ho