महोत्तरीबाट बेपत्ता सात बालिकाको भारतबाट उद्वार

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १८, २०७७
|
|
२८ पटक हेरिएको
Shares
महोत्तरीबाट बेपत्ता सात बालिकाको भारतबाट उद्वार

सारांश

  • महोत्तरी भंगाहा ८ बाट बिहान घास काट्न गएका बेपत्ता सात जना बालिका भारतमा भेटिएका छन् ।
  • बेपत्ता भएका सातै जना बालिका भारतको सीतामाढीमा भेटिएको प्रहरीले जनाएको छ ।
  • बेपत्ता हुनेमा अर्चना पासवान, सीमा पासवान, रञ्जना पासवान, ज्योती पासवान, रिया पासवा, नगीना पासवान र अस्मिता पासवान रहेका छन् ।

महोत्तरी भंगाहा ८ बाट बिहान घास काट्न गएका बेपत्ता सात जना बालिका भारतमा भेटिएका छन् । बेपत्ता भएका सातै जना बालिका भारतको सीतामाढीमा भेटिएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा अर्चना पासवान, सीमा पासवान, रञ्जना पासवान, ज्योती पासवान, रिया पासवा, नगीना पासवान र अस्मिता पासवान रहेका छन् । उनीहरुको उमेर क्रमशः ११, १२, १२, १३, १३, १७, २० रहेको छ । उनीहरुलाई नेपाल ल्याउने तयारी गरीरहेको प्रहरीले जनाएको छ ।

महोत्तरीमा घाँस काट्न गएका सातजना किशोरी एकाएक सम्पर्क विहीन भएका थिए । जिल्लाको भंगहा नगरपालिका वडा नं ८ धर्मपुर पासमानका एकै टोलका सातैजना किशोरी बेपत्ता भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?