यस्तो छ माधव नेपालदेखि गगन थापासम्मको चुनाव खर्च

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
३४ पटक हेरिएको
Shares
यस्तो छ माधव नेपालदेखि गगन थापासम्मको चुनाव खर्च

सारांश

  • काठमाडौँ, ३ माघ।
  • मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाका उम्मेदवाहरुले चुनावी खर्च बुझाउन क्रम जारी छ ।
  • देशभरका विभिन्न क्षेत्रबाट उठेका उम्मेदवाहरहरुले खर्च विवरण निर्वाचन अयोगमा बुझाएका हुन् ।

काठमाडौँ, ३ माघ। मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाका उम्मेदवाहरुले चुनावी खर्च बुझाउन क्रम जारी छ । देशभरका विभिन्न क्षेत्रबाट उठेका उम्मेदवाहरहरुले खर्च विवरण निर्वाचन अयोगमा बुझाएका हुन् । काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १५२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

उनका अनुसार प्रतिनिधिसभाका ६१ र प्रदेशसभाका ९१ जना उम्मेदवारले खर्च विवरण बुझाएका छन् । काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ १७१ र प्रदेशसभा सदस्यतर्फ २२२ जनाले उम्मेदवारी दिएका थिए ।

काठमाडौँ क्षेत्र नं २ बाट विजय भएका नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले १४ लाख ९० हजार, क्षेत्र नं ५ बाट विजयी एमालेका महासचिव ईश्वर पोखरेलले २४ लाख १४ हजार ७८, क्षेत्र नं १ बाट विजय नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १७ लाख ३० हजार ५००, क्षेत्र नं ४ बाट उम्मेदवार विजयी कांग्रेसका युवा नेता गगन थापाले २४ लाख १३ हजार १०० रूपैयाँ खर्च विवरण बुझाएका छन् ।

यसैगरी काठमाडौँ क्षेत्र नं ३ बाट विजय भएका कृष्ण राईले २२ लाख ५६ हजार र क्षेत्र नं ९ बाट विजयी एमालेका नेता कृष्णगोपाल श्रेष्ठ १२ लाख ७८ हजार रूपैयाँ खर्च विवरण बुझाएका छन् ।

यसैगरी विवेकशील साझा पार्टीबाट काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार बनेका रवीन्द्र मिश्रले १३ लाख ८९ हजार २१४ र काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले १६ लाख ४१ हजार रूपैयाँ खर्च विवरण बुझाएका छन् ।

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभा निर्वाचनमा १४ लाख ७३ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।

रावलका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँरले २० लाख ५३ हजार रुपैयाँ खर्च गरेको विवरण पेश गरेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ का विजयी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १९ लाख ८ हजार, पराजित नेपाली कांग्रेसका पुष्पबहादुर शाहले २० लाख ६२ हजार र झंकरबहादुर शाहीले एक लाख ५९ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् ।

माघ २ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारलाई निर्वाचन खर्च बुझाउने समयसीमा तोकिएको थियो । निर्वाचन खर्च विवरण बुझाउनेले तोकिएको सीमामा नै खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि २५ लाख र प्रदेशसभा सदस्यका लागि १५ लाख रूपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था छ ।

उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ७२ को उपदफा (४) र प्रदेशसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ७२ को उपदफा (४) अनुसार निर्वाचनमा भएको खर्च विवरण निर्वाचनको परिमाण घोषणा भएको ३५ दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ ।

खर्च विवरण नबुझाउने उम्मेदवारलाई छ वर्षसम्म उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु
कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु
पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से
पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से
राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसंघको महासभामा सहभागिताबारे जानकारी
राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसंघको महासभामा सहभागिताबारे जानकारी
चार्ल्स शोभराजलाई डिपोर्ट गरियो, १० वर्ष नेपाल आउन नपाउने
चार्ल्स शोभराजलाई डिपोर्ट गरियो, १० वर्ष नेपाल आउन नपाउने
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
सपथ लिएर फेरि कारागार फर्किए रेशम चौधरी
सपथ लिएर फेरि कारागार फर्किए रेशम चौधरी
हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
आइजीपी खनालसहित २३ उच्च प्रहरी अधिकृत डेढ महिनापछि घर जाँदै (सूचीसहित)
आइजीपी खनालसहित २३ उच्च प्रहरी अधिकृत डेढ महिनापछि घर जाँदै (सूचीसहित)
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोरोना सङ्क्रमण रोकथामसम्बन्धी आफ्नो नीतिको बचाउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोरोना सङ्क्रमण रोकथामसम्बन्धी आफ्नो नीतिको बचाउ

तपाईंले छुटाउनुभयो कि?