चौबिस घण्टामा विश्वमा थपिए करिव ८ लाख कोरोनाका नयाँ संक्रमित, १६ सय २७ जनाकाृ मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७९
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोना भाइरसका ७ लाख ९१ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन्।
  • योसँगै विश्वमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ५७ करोड ४ लाख ८७ हजार ८८९ पुगेको छ।

काठमाडौं। पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोना भाइरसका ७ लाख ९१ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै विश्वमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ५७ करोड ४ लाख ८७ हजार ८८९ पुगेको छ।

वल्डोमिटर्सका अनुसार बितेको चौबिस घण्टामा अमेरिकामा १ लाख ५ हजार ४७५ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै, सोही समयमा ब्राजिलमा ५६ हजार २५४, भारतमा १६ हजार ४३, फ्रान्समा ८९ हजार ९८२, इटालीमा ८६ हजार ६७ र दक्षिण कोरियामा ७६ हजार ३७८ जना नयाँ संक्रमित थपिएका छन्।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो चौबिस घण्टामा विश्वमा १ हजार ६२७ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ६३ लाख ९३ हजार ८७५ पुगेको छ।

विश्वमा कोरोना संक्रमित भएकामध्ये हालसम्म ५४ करोड १५ लाख २५ हजार ९६२ जना निको भइसकेका छन्।

(sapns2)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?