मानव–वन्यजन्तु द्वन्द्व रोक्न नयाँ प्रविधि: बाँकेका चार गाउँमा जडान गरियो अत्याधुनिक पूर्वसूचना प्रणाली

Asmita-Newsdesk Asmita-Newsdesk
|
सोमबार, श्रावण ४, २०८३
|
|
३७ पटक हेरिएको
Shares
मानव–वन्यजन्तु द्वन्द्व रोक्न नयाँ प्रविधि: बाँकेका चार गाउँमा जडान गरियो अत्याधुनिक पूर्वसूचना प्रणाली

सारांश

  • बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्वलाई प्रविधिको माध्यमबाट न्यूनीकरण गर्न निकुञ्ज आसपासका अति जोखिमयुक्त गाउँहरूमा अत्याधुनिक पूर्वसूचना प्रणाली जडान गरिएको छ ।
  • स्थानीय बासिन्दाको जीउधनको सुरक्षा सुनिश्चित गर्ने र वन्यजन्तुको आक्रमणबाट जोगाउने उद्देश्यले यो नविनतम् सुरुआत गरिएको हो ।
  • यस प्रविधि अन्तर्गत कोहलपुर नगरपालिका–१३ को खडगवार सहित राप्तीसोनारी गाउँपालिकाका महादेवपुर, बुचापुर र गोभारपुर गरी चारवटा संवेदनशील स्थानमा शक्तिशाली साइरन जडान गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्वलाई प्रविधिको माध्यमबाट न्यूनीकरण गर्न निकुञ्ज आसपासका अति जोखिमयुक्त गाउँहरूमा अत्याधुनिक पूर्वसूचना प्रणाली जडान गरिएको छ । स्थानीय बासिन्दाको जीउधनको सुरक्षा सुनिश्चित गर्ने र वन्यजन्तुको आक्रमणबाट जोगाउने उद्देश्यले यो नविनतम् सुरुआत गरिएको हो ।

यस प्रविधि अन्तर्गत कोहलपुर नगरपालिका–१३ को खडगवार सहित राप्तीसोनारी गाउँपालिकाका महादेवपुर, बुचापुर र गोभारपुर गरी चारवटा संवेदनशील स्थानमा शक्तिशाली साइरन जडान गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज प्रशासन र सम्बद्ध प्राविधिक निकायको संयुक्त पहलमा यो प्रणाली सञ्चालनमा ल्याइएको निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।

निकुञ्जबाट मानव वस्तीतर्फ हात्ती, बाघ, चितुवा, निलगाई जस्ता हिंस्रक तथा ठूला वन्यजन्तु निस्कनासाथ यो प्रणालीले स्वचालित रूपमा खतराको सङ्केत दिनेछ । समयमै साइरन बज्ने भएकाले स्थानीय बासिन्दाले सम्भावित आक्रमणबाट बच्न र सुरक्षित स्थानमा सर्न पर्याप्त समय पाउने जेडिएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले बताउनुभयो ।

 विगतमा निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको पृष्ठभूमिमा यो प्रणालीले स्थानीयमा सुरक्षाको प्रत्याभूति गराएको छ ।

वन्यजन्तुको जैविक मार्गलाई असर नपुर्‍याई प्रविधिको सही सदुपयोग गरेर द्वन्द्व व्यवस्थापन गर्ने यो उदाहरणीय कार्य बनेको छ । यस पूर्वसूचना प्रणालीको प्रभावकारी सञ्चालन र मर्मतसम्भारमा स्थानीय समुदाय आफैँ पनि सजग र जिम्मेवार भई लाग्नुपर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् सार्वजनिक खरीद अनुगमन कार्यालयले कालाेसुचिमा राखेका दश कम्पनीहरू !
यी हुन् सार्वजनिक खरीद अनुगमन कार्यालयले कालाेसुचिमा राखेका दश कम्पनीहरू !
सागः नेपालले जित्यो ७ स्वर्ण
सागः नेपालले जित्यो ७ स्वर्ण
बाँकेमा फस्टाउदै याैन व्यबसाय, कमाएकाे पैशाले माछा पालन !
बाँकेमा फस्टाउदै याैन व्यबसाय, कमाएकाे पैशाले माछा पालन !
अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकियाे -पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।
अब चुनाव हुन्न कि सर्छकी भन्ने शंका सकियाे -पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।
छोरी दुध खान नपाएर तड्पिने, मैले यता निचोरेर फाल्नुपर्ने
छोरी दुध खान नपाएर तड्पिने, मैले यता निचोरेर फाल्नुपर्ने
१२ बजेबाट मौन अवधि सुरु, के-के गर्न पाइदैन
१२ बजेबाट मौन अवधि सुरु, के-के गर्न पाइदैन
भूमिगत पार्टीको यस्तो छ खुला राजनीतिक प्रस्ताव : “आफ्नै उम्मेदवारको यति धेरै विरोध भएको इतिहास छैन”
भूमिगत पार्टीको यस्तो छ खुला राजनीतिक प्रस्ताव : “आफ्नै उम्मेदवारको यति धेरै विरोध भएको इतिहास छैन”
संविधानले दिएका साझा अधिकार परिभाषित गर्न मुख्य न्यायाधिवक्ताहरुको माग
संविधानले दिएका साझा अधिकार परिभाषित गर्न मुख्य न्यायाधिवक्ताहरुको माग
डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे
डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे
प्रदेश सरकारका लागि खटाइने कर्मचारीको विवरण तयार, मन्त्रालयहरुमा ३५ देखि ९० जनासम्म कर्मचारी रहने
प्रदेश सरकारका लागि खटाइने कर्मचारीको विवरण तयार, मन्त्रालयहरुमा ३५ देखि ९० जनासम्म कर्मचारी रहने