मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !

सारांश

  • काठमाडौं, २७ बैशाख ।
  • भारतीय प्रधानमन्त्री दुई दिने भ्रमणको लागि भोलि नेपाल आउँदैछन् ।
  • उनले जनकपुरबाट आफ्नो नेपाल भ्रमणको सुरुवात गर्दैछन् ।

काठमाडौं, २७ बैशाख । भारतीय प्रधानमन्त्री दुई दिने भ्रमणको लागि भोलि नेपाल आउँदैछन् । उनले जनकपुरबाट आफ्नो नेपाल भ्रमणको सुरुवात गर्दैछन् ।

मोदी प्रधानमन्त्री भएपछिको उनको नेपाल भ्रमण यो तेस्रो हो । जनकपुरमा भारतीय प्रधानमन्त्रीले ६७ वर्षपछि भ्रमण हुँदैछन् । मोदीले जनकपुरको भ्रमण गर्न यसअघिका दुई वटा भ्रमणमा पनि चाहेका थिए । तर, समय अभावका कारण त्यो सम्भव भएको थिएन् । यसपटक भने उनले आफ्नो नेपाल भ्रमणको पहिलो यात्रा जनकपुरबाट नै तय गरेर ईच्छामात्रै पूरा गरेनन्, बरु मिथिलावासीहरुको पनि मन जितेका छन् ।

मोदीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा पुगेको मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले जानकारी दिएका छन् । राउतका अनुसार प्रदेश सरकार र उपमहानगरपालिका भ्रमण तयारीसँगै सुरक्षा बन्दोबस्तीमा खटिएका छन् । भारतबाट सीधै जनकपुर आउने प्रधानमन्त्री मोदीलाई विमानस्थलमा नेपाल सरकारका बरिष्ठ मन्त्री समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री राउतले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

जनकपुर भ्रमणको दौरान मोदी त्यहाँका तीन महत्वपूर्ण स्थानमा सहभागी हुने कार्यक्रम रहेको छ । तीनै स्थानमा स्वागतको तयारी र सुरक्षा बन्दोबस्ती मिलाइएको छ । मुख्यमन्त्री राउतका अनुसार जनकपुर विमानस्थलमा अवतरणपछि मोदी केहीबेर त्यहीँ विश्राम गर्नेछन् ।

भारतीय वायुसेनाका तीनवटा हेलिकप्टरमा मोदी र उनको टिम वैशाख २८ गते शुक्रबार बिहान १० बजेतिर जनकपुर अवतरण गर्ने कार्यतालिका छ । मोदीको कारगेड आउने विमानस्थलदेखि जानकी मन्दिर र रंगभूमि मैदानसम्मको सडक कालोपत्रे गरिनुका साथै सिँगारिएको छ । सडक दुवैतिरका पर्खालमा केसरिया रङ लगाइएको छ । त्यसमा कोरिएको मिथिला पेन्टिङले सौन्दर्य अझै बढाएको छ ।

जनकपुरको रंगभूमि मैदानमा गरिने नागरिक अभिनन्दन कार्यक्रममा मोदीले मिथिलाको विकासको लागि विशेष प्याकेजको घोषणा गर्नेगरि तयारी थालेको पनि भारतीय उच्च अधिकारीहरुले जानकारी दिएका छन् । स्रोतका अनुसार जनकपुर भ्रमणको दौरान रामायण सर्किट र बुद्धिष्ट सर्किट बनाउने घोषणा मोदीले गर्ने छन् ।

त्यस्तै कृषिमा आधुनिकीकरणको लागि सहायता घोषणा गर्नसक्ने अनुमान गरिएको छ । त्यस्तै नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा भएको रेलमार्ग, जलमार्गको सहमति अनुसार भारतीय प्रधानमन्त्री मोदीको दुई दिने नेपाल भ्रमणमा ईनल्याण्ड वाटर नेभिगेशनबारे समझदारी हुनसक्नेछ । यसको लागि दुवै पक्षले अहिले काम गरिरहेका छन् ।

दुवै प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार साँझ हुने उच्चस्तरीय डेलिगेशन भेटवार्ता पछि जारी गरिने जोईन्ट कम्युनिक्यूमा यो विषयपनि समेटिने भएको छ । भारतको ईनल्याण्ड वाटर नेभिगेशन अथरिटीले संभाव्यता अध्धयन गर्दा कोशीदेखि भारतको कालुघाटसम्म जलमार्ग चलाउनेबारे रिपोर्ट तयार पारेको छ ।

२ नम्बर प्रदेशमा सार्वजनिक विदा

मोदी जनकपुर आउने दिन वैशाख २८ गते प्रदेश नं. २ मा सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकराले यसअघि नै गरिसकेको छ । मोदीलाई भव्य स्वागत गरिने केन्द्र सरकार र प्रदेश सरकार दुवैले दाबी गर्दै आएका छन् । रंगभूमि मैदानमा सम्बोधन गर्ने भारतीय प्रधानमन्त्री मोदीको कार्यक्रममा सरकारले प्रदेशभित्रका आठवटै जिल्लाबाट ५० हजार मानिस सहभागी गराउने निर्णय गरेको थियो । तर, लाखौं जनताको स्वतस्फूर्तः उपस्थिति हुने राजपा नेपालका महामन्त्री मनिष सुमनले रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा बताएका थिए ।

काठमाडौं महानगरपालिकालाई पनि सरप्राईज गिफ्ट दिने

मोदीले काठमाडौंमा उनको सम्मानमा महानगरपालिकाले गर्ने नागरिक अभिनन्दनमा पनि यसको विकासको लागि विशेष सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरेका छन् ।

मुक्तिनाथ मन्दिरको स्तरोन्नती र विकासको लागि प्याकेज घोषणा

मोदीको नेपाल भ्रमणमा उनी मुक्तिनाथ मन्दिर जाने कार्यक्रम रहेको छ । अहिले मन्दिर बेहुलीजस्तै सिंगारिएको छ । जोमसोमदेखि मुक्तिनाथ मन्दिरको प्रवेशद्धारसम्म सरसफाईसहित विभिन्न पूर्वाधार विस्तार गरिएको छ । मन्दिर आसपासका क्षेत्रमा नेपालीसहित भारतीय सुरक्षाकर्मीको समेतको बाक्लो उपस्थिति छ ।

भारतीय प्रधानमन्त्रीको भ्रमणलाई भब्य र सभ्य बनाउन सरकारी निकाय र स्थानीयबासी उत्तिकै सक्रियता देखिन्छन् । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको चर्चा चलिरहेको बेला मुक्तिनाथलाई भारतीय तीर्थालुले नेपालमा दर्शन नगरी अपुरो हुने विश्वासका साथ प्रसिद्ध मुक्तिनाथ मन्दिरमा आउने गरेका छन् ।
नेपालका चार धाममध्ये एक मुक्तिनाथ मन्दिरमा वर्षे्नि भारतका विभिन्न प्रदेशबाट ठूलो संख्यामा दर्शनका लागि आउने गरेको तथ्याङ्कले देखाउँछ ।

नेपालबाहेक सार्क राष्ट्रमा सबैभन्दा धेरै धार्मिक पर्यटक भारतबाट भित्रिने भएकोले पनि मोदीको प्राथमिकतमा मुक्तिनाथ परेको हो । मोदीले यसअघिपनि यो मन्दिरको भ्रमण गर्ने ईच्छा व्यक्त गरेका थिए । विशेष कारणबस उनको यो ईच्छा अपुरो रहँदै आएको थियो ।

मुक्तिनाथ मन्दिरलाई विश्वस्तरमै चिनाउनको लागि मोदीले त्यहाँ पनि सम्बोधन गर्ने र प्याकेजमै मन्दिर विकासबारे सहयोग राशि घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाइपलाइन ओछ्याउन सात किमी मात्रै बाँकी
पाइपलाइन ओछ्याउन सात किमी मात्रै बाँकी
श्रमजीवी पत्रकारको सामाजिक कोषमा बागमती प्रदेश सरकारको सहयोग
श्रमजीवी पत्रकारको सामाजिक कोषमा बागमती प्रदेश सरकारको सहयोग
सर्लाहीबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, दुई जनाको निधन
सर्लाहीबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, दुई जनाको निधन
भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृतसहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
भिजिट भिसा प्रकरण : अध्यागमन अधिकृतसहित ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका ७ जना अझै फेला परेनन्
अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका ७ जना अझै फेला परेनन्
अब तोकेको मितिमा होइन, नतोकिएको मितिमा एकता: पुष्पकमल दाहाल ‘प्रचण्ड’
These silly mistakes in ‘Sanju’ we bet you didn’t notice!
These silly mistakes in ‘Sanju’ we bet you didn’t notice!
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
रामचन्द्र पौडेललाई देउवाको मुखभरिको जवाफ ‘अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहीं प्रतिष्पर्धा गरौंला’ !
आफूलाई सहयोग गर्ने थप प्रहरीको समेत पहिचान खुलाए  ‘गोरे’ ले
आफूलाई सहयोग गर्ने थप प्रहरीको समेत पहिचान खुलाए ‘गोरे’ ले
पैसाबाट कोरोना सर्ने सम्भावना बढी
पैसाबाट कोरोना सर्ने सम्भावना बढी

तपाईंले छुटाउनुभयो कि?