आईसीसी महिला वरियतामा नेपालको स्थान यथावत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ५, २०७६
|
|
५४ पटक हेरिएको
Shares
आईसीसी महिला वरियतामा नेपालको स्थान यथावत

सारांश

  • काठमाडौं ।
  • अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी–ट्वान्टी क्रिकेट वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।
  • आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै १४ औं स्थानमा रहेको हो ।

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी–ट्वान्टी क्रिकेट वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै १४ औं स्थानमा रहेको हो । अघिल्लो वरियतामा पनि नेपाल १४ औं स्थानमै रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले १९ खेलबाट १२८ रेटीङ अंक पाएको छ । नेपालले आईसीसी विश्वकप एसिया छनोट खेल खेलेपछि अन्य अन्तराष्ट्रिय खेल खेलेको छैन । उक्त प्रतियोगितामा नेपाल आयोजक थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्डसँगको हारसँगै नेपाल उपविजेता बनेको थियो र नेपाल अघिल्लो चरण पुग्नबाट बन्चित भएको थियो ।

एसोसियट राष्ट्रको टी–ट्वान्टी वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अगाडी थाइल्याण्ड र स्कटल्याण्ड रहेका छन् । महिला टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् । यस्तै चौंथो स्थानमा वेष्ट इण्डिज र पाँचौ स्थानमा भारत रहेका छन् ।

एकदिवसीय वरियतामा भने नेपाल अटाउन सकेको छैन । लामो समयबाट नेपाली महिला टोलीले एकदिवसीय प्रतियोगिता खेलेको छैन। आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टीको महिला खेलाडीको वरियतामा नेपालकी सिता राना मगर र नेरी थापा अटाएकी छिन् ।

नेपालकी उपकप्तान सिता अलराउण्डरतर्फ ५७ औं स्थानमा रहेकी छिन् । ब्याटिङतर्फ ८० औं स्थान रहेकी छिन् । बलिङतर्फ पूर्व कप्तान नेरी थापा ८० औं र सिता ९९ औं स्थानस्थानमा रहेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीको ध्यान अब सदन, सडक र १२२ स्थानीय तहमा
माओवादीको ध्यान अब सदन, सडक र १२२ स्थानीय तहमा
इन्द्रजात्राको अवसरमा दुई शहरका विदेशी पाहुना नेपालमा
इन्द्रजात्राको अवसरमा दुई शहरका विदेशी पाहुना नेपालमा
मतदाताको सद्भाव थियो, हाम्रो संगठन थिएन –  रवीन्द्र मिश्र
मतदाताको सद्भाव थियो, हाम्रो संगठन थिएन – रवीन्द्र मिश्र
११ वर्षपछि बच्चन दम्पत्ति सँगै
११ वर्षपछि बच्चन दम्पत्ति सँगै
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
अधिकारी दम्पतिले बिताएका कष्टदायी ती रातहरु
अधिकारी दम्पतिले बिताएका कष्टदायी ती रातहरु
प्रचण्डलाई बाबुरामको प्रश्न :प्रिय कामरेड ३० किलो मालाको राजनीतिक अर्थशास्त्र के हो ?
प्रचण्डलाई बाबुरामको प्रश्न :प्रिय कामरेड ३० किलो मालाको राजनीतिक अर्थशास्त्र के हो ?
३३ किलो सुन काण्डका नाइके छाड्नेलाई सर्वोेच्चले सोध्यो, ‘किन छोडेको?’
३३ किलो सुन काण्डका नाइके छाड्नेलाई सर्वोेच्चले सोध्यो, ‘किन छोडेको?’
कोरियाली कम्पनीसँग महानगरको सम्झौता
कोरियाली कम्पनीसँग महानगरको सम्झौता
प्रधानमन्त्री दाहाल र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता