मैले जे कुरा भन्नुछ तपाईले भन्दा हुन्छ भनेर केपीजीलाई सहमति दिएकै थिए : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
२० पटक हेरिएको
Shares
मैले जे कुरा भन्नुछ तपाईले भन्दा हुन्छ भनेर केपीजीलाई सहमति दिएकै थिए : प्रचण्ड

सारांश

  • चितवन, १३ माघ ।
  • नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले काम चलाउन सरकारको परिधिभन्दा बाहिर रहेको कयौँ निर्णयहरु जनमत प्राप्त नयाँ सरकारले उल्टाउने संकेत गरेका छन् ।
  • ‘सबै उल्टाउने भन्ने त हुँदैन् उनले भने औचित्यको आधारमा सहि छन्, दिर्घकालिन असर पर्ने खालको छ वा छैन्, त्यो हेरेर नयाँ जनमत प्राप्त सरकारले उल्टाउछ ।

चितवन, १३ माघ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले काम चलाउन सरकारको परिधिभन्दा बाहिर रहेको कयौँ निर्णयहरु जनमत प्राप्त नयाँ सरकारले उल्टाउने संकेत गरेका छन् ।

‘सबै उल्टाउने भन्ने त हुँदैन् उनले भने औचित्यको आधारमा सहि छन्, दिर्घकालिन असर पर्ने खालको छ वा छैन्, त्यो हेरेर नयाँ जनमत प्राप्त सरकारले उल्टाउछ ।’

प्रेस सेन्टर चितवन शाखाद्धारा भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेको प्रचण्डले दिर्घकालिन असर गर्ने निर्णय नगर्न देउवा सरकारलाई सुझाव दिए ।

उनले सरकारको अहिलेको निर्णयहरुले नेपाली काँग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न चिन्ह खडा भएको भनाई थियो । ‘एउटा जनमत आईसकेको छ । यसरी गम्भीर प्रकृतिको निर्णय गरेको उनले भने, ‘नेपाली कांग्रेसको लोकतान्त्रीक चरित्रमाथि नै प्रश्न चिन्ह खडा भएको छ । यसले नेपाली कांग्रेसलाई दिर्घकालिन असर गर्छ भन्ने कुरा साँचोे हो ।’

मैले जे कुरा भन्नुछ तपाईले भन्दा हुन्छ भनेर सहमति दिएकै थिए

साथै उनले सरकारप्रति केपी ओली दिएको धारण वामगठबन्धन कै संयुक्त धारण भएको समेत प्रष्ट पारे ।

सरकारका पछिल्ला निर्णयमा एमाले गरम माओवादी किन नरम भयो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘त्यो दिन म नेपालगञ्ज र भैरहवामा थिए, केपी जीले पत्रकार सम्मेलन गर्नुर्पयो भन्नुभयो, म आउन ढिला भयो । तर, मैले जे कुरा भन्नुछ तपाईले भन्दा हुन्छ भनेर सहमति दिएकै थिए ।’

फागुनको दोस्रो साता नयाँ सरकार
उनले सोही अवसरमा बोल्दै फागुनको दोश्रो हप्ताभित्रमा नयाँ सरकार बन्ने दावी पनि गरे ।
‘राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै निर्वाचन आयोगले समानुपातिको सूचि बुझाउने भएको हुदाँ फागुनको दोश्रो साता मात्रै सरकार बन्छ ।’

बाँदर मुढेलाई सहिद घोषण स्वागत योग्य छ
माओवादी निकट शिक्षक संगठनको जिल्ला अधिवेशन उद्धघाटन गृह जिल्ला चितवन आएका प्रचण्डले सरकारले बाँदर मुढे घटनाका मृतकलाई सहिद घोषण गरेको कुरालाई स्वागत योग्य भएको बताएका छन् ।

 

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Yadu Mishra

    Good kamred

    Comment Author

    Mohan Kayasta

    A coin of two faces kpg and pchand.

    Comment Author

    རཇུ ཏཔང

    अध्यक्ष र प्रम पद एमालेलाई दिईएर एकतामा जादा हुन्छ त । के अरुलाई सुनाउनु पर्छ ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?