‘म त होइन तिम्रो’ चर्चामा (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
‘म त होइन तिम्रो’ चर्चामा  (भिडियोसहित)

सारांश

  • सरद राई काठमाडौं ।
  • पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रले पनि आफ्नो दायरालाई फराकिलो बनाइसकेको छ ।
  • आधुनिकता सँगै नेपाली गीत संगीतको बजारले निकै चर्चा र लोक प्रिय कमाईरहेका छन् ।
  • सरद राई

काठमाडौं । पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रले पनि आफ्नो दायरालाई फराकिलो बनाइसकेको छ । आधुनिकता सँगै नेपाली गीत संगीतको बजारले निकै चर्चा र लोक प्रिय कमाईरहेका छन् । नेपाली गीत संगीत क्षेत्रमा एक पटक चर्चामा आएर सेलाउने प्रबृत्ति पनि रहेको छ, भने पुनः कमब्याक गर्ने चलन पनि उत्तिकै रहेको छ ।

हो, यसै क्रममा नेपाली गीत संगीतको क्षेत्रमा एक पटक चर्चामा आएर बिचमा ग्याप बसेका गायक बीर कृष्ण लवट पुनः गीत संगीतकै क्षेत्रमा कमब्याक भएका छन् । उनले बि.सं. २०६३ सालमा आफ्नो पहिलो एल्बम बजारमा ल्याएका थिए भने सोही एल्बममा समाबेश गरिएको ‘टोखा बजार’ बोलको गीतले उनलाई चर्चाको शिखरमा पु¥याएको थियो ।

गायक बीर कृष्ण लवट काठमाडौंको टोखा क्षेत्रकै बासिन्दा हुन् । उनले ल्याएका ‘टोखा बजार’ बोलको गीतले काठमाडौंको टोखा क्षेत्रमा मात्र नभएर नेपाल भरीनै उनलाई चर्चामा ल्यायो । त्यस्तै, गायक लवट केही ब्याण्डमा आवद्ध भएर गिटारिष्ट र गायकको रुपमा स्टेज प्रोग्रामहरुमा पनि प्रस्तुत भएका थिए ।

उनले नेपाली गीत संगीतलाई पनि पुनः निरन्तरता दिन कमब्याक भएका छन् । केही साता अघि गायक लवटले आफ्नो श्रोता तथा दर्शकमाझ ‘म त होइन तिम्रो’ बोलको नयाँ पप गीतको भिडियो ल्याएका थिए । गायक लवटको यस गीतलाई दर्शक तथा श्रोताहरुले रुचाईरहेका छन् ।

दिनेश्वरको तण्डुकारको शब्द तथा संगीतमा ‘म त होइन तिम्रो’ बोलको गीतमा गायक लवटले आकर्षक रुपमा स्वरबद्ध गरेका छन् । साथै यस गीतको भिडियोमा गायक लवट आफैले फिचरीङ पनि गरेका छन् । उनलाई मोडल अञ्जी निरौलाले साथ दिएकी छन् । साथै, यो गीतको भिडियोमा सपार्टिङ मोडलको रुपमा निर्जरा, सुजन, सेवन, सतुर्गन, सुशिल, श्री लगाएत रहेका छन् ।

गायक लवटको ‘म त होइन तिम्रो’ गीतको भिडियोलाई किरण श्रेष्ठले सम्पादन र निर्देशन गरेका हुन् । साथै यो भिडियोको छायाङ्कन पनि आफैले गरेका हुन् । गायक लवटको यो दोस्रो भिडियो हो ।

गायक लवटको एक पछि अर्को गीतको भिडियो दर्शकमा ल्याउने योजना रहेको छ । गायक लवटले चाँडैनै ‘माया मेरी साह्रै राम्री’ गीतको भिडियो दर्शकमाझ रिलिज गर्दैछन् । यो गीतको भिडियोको कलरिङ्ग भइरहेको गायक लवटले जानकारी गराएका छन् । उनका अनुसार यो गीतको भिडियोलाई मुस्ताङ्गको विभिन्न रमणीय ठाउँहरुमा खिचिएको छ ।

गायक लवटको केहि गीतहरुको अडियो पनि युट्युभमा सार्वजनिक भइसकेको छ । जस्मा, मेरी मायालु, म त होइन तिम्रो, टोखा बजार, बिर्सेर गयो, किनर माया र माया मेरी साह्रै राम्री बोलको गीतको अडियो सामाजिक सञ्जाल युट्युभमा सार्वजनिक भइसकेको छ ।

आफ्नो दर्शकहरुलाई रिलिज गरिएको गीतको भिडियोलाई हेरेर प्रतिक्रिया दिनका लागि गायक लवटले आग्रह पनि गरेका छन् । दर्शकहरुबाट आउने सोही प्रतिक्रिया मार्फत आफुले अझ नेपाली गीत संगीतको क्षेत्रमा अगाडी बढ्ने हौसला मिल्ने बताउँछन् ।

‘म त होइन तिम्रो’ गीतको भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक विकास मन्त्रालयमा उल्टो झण्डा
सामाजिक विकास मन्त्रालयमा उल्टो झण्डा
प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने ,.
प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने ,.
नेपाली राष्ट्रवादको नयाँ रुप लम्पसारवाद !
नेपाली राष्ट्रवादको नयाँ रुप लम्पसारवाद !
निर्वाचनको मिति फागुन महिनाभित्र घोषणा नभए सडक र सदनबाट दबाब : नेता पोख्रेल
कास्कीमा थापाले जाेगाए कांग्रेसकाे साख
प्रचण्डलाई शेखरको प्रश्न– कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ?
प्रचण्डलाई शेखरको प्रश्न– कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ?
माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट
माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट
ओलीलाई हटाउन प्रचण्ड र नेपाल अन्तिम तयारी गर्दै
ओलीलाई हटाउन प्रचण्ड र नेपाल अन्तिम तयारी गर्दै
अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
टरिगाउँस्थित विमानस्थलमा आजदेखि सीता एयरले उडान भर्दै
टरिगाउँस्थित विमानस्थलमा आजदेखि सीता एयरले उडान भर्दै

तपाईंले छुटाउनुभयो कि?