तपाईंको यो साता (राशिफल, १७-२३ माघ, २०७४)

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
तपाईंको यो साता (राशिफल, १७-२३ माघ, २०७४)

सारांश

  • मेष बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।
  • आकस्मिक धनलाभ हुनेछ ।
  • चिट्ठा वा लट्रीबाट आय हुने प्रबल सम्भावना छ ।

मेष
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आकस्मिक धनलाभ हुनेछ । चिट्ठा वा लट्रीबाट आय हुने प्रबल सम्भावना छ । धार्मिक तथा शैक्षिक यात्रा भए पनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधहरूको सामना गर्नुपर्नेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । साताको अन्त्यबाट झुटा आरोप आइलाग्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महामृत्युञ्जय भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
मिथुन
रोजगारको अवसर मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साताको अन्त्यबाट आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । शिक्षामा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ गुलाबीे हो । कुनै शुभकर्म गर्नुपूर्व बंगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।

कर्कट
गरेको कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी÷प्रेमिकाबीच खिन्नता बढ्नेछ । चोटपटकको भय छ । घरायसी झमेलामा परिएला । कार्य सम्पादनमा समस्या आउला । कार्यमा व्यवधान आइपर्ला । विश्वास गरिएका व्यक्तिबाट धोका होला । आर्थिक कारोबारमा विवाद आउनेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व आफ्नो गणेशजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

सिंह
प्रेम–सम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या
न्यायिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ । सहयोगी हातहरू अघि बढ्नेछन् । साताको पहिलो दिनबाट बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मनमा चञ्चलता बढ्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ कालो हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला
भाग्यले विभिन्न अवसर जुराउनेछ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राज्यबाट मान–सम्मान पाइनेछ । आँटेकोे र ताकेको कार्य पूरा हुनेछ । पाटी, पिकनिक तथा सेमिनारमा सहभागी भइनेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ रातो वा हरियो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

वृश्चिक
मनमा निराशा र शरीरमा आलस्य आउला । कामहरू अधुरै रहलान् । स्वास्थ्यमा तथा सौन्दर्यमा धन खर्च हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । साताको अन्त्यबाट कार्य सम्पादनमा सहजता मिल्नेछ । आम्दानी बढाउने काम शुरु गर्न सकिनेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ गाढा पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको दर्शन गरी यात्रा गर्दा अधिक लाभ मिल्नेछ ।

धनु
शुभकार्यको चर्चा चल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साताको पहिलो दिनबाट राजनीतिक कार्यमा बाधा आउनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यो साताका लागि शुभअङ्क ४, ५ र शुभरङ सिन्दुरे वा घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको आराधना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मकर
कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । रमणीय र सुखद यात्राको योग छ । साताको अन्त्यमा लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । अङ्कगणित तथा सेयर कारोबारमा पनि नोक्सानी हुनेछ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ हरियो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ
वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मित्र वा आफन्तको सहयोगबाट नयाँ कार्यको थालनी हुनेछ । साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ । यो साताका लागि शुभअङ्क ५, ६ र शुभरङ खैरो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

मीन
बोलीको विपरीत अर्थ लाग्न सक्छ । संयम रहनुहोला । प्रेमी÷प्रेमिकाबीच खिन्नता बढ्नेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । साथै सद्विचारले अभिप्रेरित हुनेहरूलाई विस्तारै लाभ हुनेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व महालक्ष्मीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाकै छहारीमा फर्किए ‘टुहुरा’ नेता
देउवाकै छहारीमा फर्किए ‘टुहुरा’ नेता
‘हिउँको पृथ्वी यात्रा’ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा
‘हिउँको पृथ्वी यात्रा’ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा
डा.केसीको आन्दोलनकाे चिकित्सकले नै गरे विरोध
‘उच्च जातका गरीब’का लागि कोटा निर्धारण गर्ने योजना सार्वजनिक !
हरिबोधिनी एकादशीमा तुलसीको विवाहका लागि पुरोहितको अभाव
हरिबोधिनी एकादशीमा तुलसीको विवाहका लागि पुरोहितको अभाव
भरतमोहन अधिकारी  :  पिएचडीको छात्रवृत्ति छोडेर राजा महेन्द्रको कु विरुद्ध होमिएका योद्धा
भरतमोहन अधिकारी : पिएचडीको छात्रवृत्ति छोडेर राजा महेन्द्रको कु विरुद्ध होमिएका योद्धा
पुराना नोट साट्न केही समय दिन अदालतले गरेको आग्रह भारत सरकारद्वारा अस्वीकार
पुराना नोट साट्न केही समय दिन अदालतले गरेको आग्रह भारत सरकारद्वारा अस्वीकार
आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
चेपाङको गुनासो: न उम्मेदवार आए, न भोट हाल्न सिकाए
चेपाङको गुनासो: न उम्मेदवार आए, न भोट हाल्न सिकाए
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने

तपाईंले छुटाउनुभयो कि?