गाउँमा बिजुली बाल्ने निहुँमा पोल गाडेर पैसा खाएपछि…
सारांश
- काठमाडौं ।
- सांसद विकास कोषको रकमले गाउँमा बिजुली बाल्ने निहुँमा पोलमात्रै गाडेर पैसा खानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
- कोषको रकम बिजुली उत्पादनमा लगाउने भन्दै १० लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सल्यान जिल्लाका तत्कालीन एलडिओ खिमबहादुर रायमाझीसहित १८ जनालाई भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
काठमाडौं । सांसद विकास कोषको रकमले गाउँमा बिजुली बाल्ने निहुँमा पोलमात्रै गाडेर पैसा खानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
कोषको रकम बिजुली उत्पादनमा लगाउने भन्दै १० लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सल्यान जिल्लाका तत्कालीन एलडिओ खिमबहादुर रायमाझीसहित १८ जनालाई भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
एलडिओ रायमाझीसहित त्यस समयमा जिल्ला विकास समितिका प्रमुख इन्जिनियर रहेका जगदीश शर्मा, कृष्ण पण्डित, लेखा अधिकृत प्रकाश केसी, नासु जीवराज केसीलगायतविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
बिजुली बाल्ने भन्दै शिवरथ उपभोक्ता समितिमार्फत पोलमात्र गाडिएको थियो । अन्य काम कागजमा मात्र सकेर रकम हिनामिना गरेको मंगलबार अख्तियारले जनाएको छ । उनीहरूले १५ लाख रुपैयाँको योजनामा ५ लाखको मात्र पोल गाडेर १० लाख रुपैयाँ हिनामिना गरेको अख्तियारले उल्लेख गरेको छ ।
प्रतिक्रिया