चेपाङको गुनासो: न उम्मेदवार आए, न भोट हाल्न सिकाए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
चेपाङको गुनासो: न उम्मेदवार आए, न भोट हाल्न सिकाए

सारांश

  • पृथ्वीराजमार्ग क्षेत्रमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चहलपहल बढ्दै गएको छ ।
  • यहाँका मतदाता मंसिर १० गते मतदान गर्ने दिन पर्खेर बसेका छन् ।
  • यहाँ वाम गठबन्धन र नेपाली काँग्रेसबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।

पृथ्वीराजमार्ग क्षेत्रमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चहलपहल बढ्दै गएको छ । यहाँका मतदाता मंसिर १० गते मतदान गर्ने दिन पर्खेर बसेका छन् ।

यहाँ वाम गठबन्धन र नेपाली काँग्रेसबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । दुवै दलका कार्यकर्ता हरेक दिन नाचगान गर्दै मत मागिरहेका छन् । तर सडकमाथि रहेको चेपाङ बस्ती भने सुनसान छ ।

स्थानीय तह निर्वाचनमा मतदान गर्न अघिल्लो दिन नै मतदान केन्द्र आएका चेपाङ अहिले कोही भोट माग्न कोही नआएको बताउँछन् । दक्षिणी धादिङको ब्रुसबाङमा ३६ घर चेपाङ समुदायको बस्ती छ ।

पृथ्वीराजमार्गको मलेखुबाट ९ घण्टाको यात्रापछि पुगिने उक्त गाउँ महाभारत पर्वतको डाँडामा पर्छ । चितवन सीमा क्षेत्रमा पर्ने ब्रुसबाङ अभावै अभावले ग्रस्त गाउँ हो । गाउँका धनी भनिएका टेकबहादुर चेपाङको घरमा आफ्नो बारीको उत्पादनले तीन महिना मात्र खान पुग्छ ।

“खानेकुरा नभएपछि सिस्नु र टाँकीको मुन्टाको भरमा जीवन चलाउनु परेको छ,” स्थानीयवासी सूर्यमाया चेपाङले भन्नुभयो ।

गाउँमा सिस्नुको बोट हुने र टाँकीको बोट हुने धनी मानिन्छ । खानेपानी दुई घण्टा टाढा गएर ल्याउनुपर्ने हुन्छ । एक पटक पनि स्वास्थ्य संस्था नगईकन सुत्केरी हुने महिलाको सङ्ख्या अत्यधिक छ । गाउँबाट पाँच घण्टा टाढा स्वास्थ्यचौकी रहेको छ ।

“स्वास्थ्य चौकी होइन झाँक्रीकहाँ गएर झारफुक गर्नुपर्ने बाध्यता छ,” स्थानीयवासी टेकबहादुर चेपाङले भन्नुभयो । चुनाव नजिकिँदै गर्दा पनि ब्रुसबाङवासीलाई चुनावबारे जानकारी नभएको उहाँ बताउनुहुन्छ ।

“चुनाव आयो भन्ने खबर रेडियोमा सुनियो । कस्तो चुनाव रु भोट हाल्न सिकाएका छैनन् । भोट माग्न समेत नेताहरु आका छैनन् । कसलाई भोटदिने भन्ने निक्र्योल भा छैन”, गाउँका अगुवा चेपाङले भन्नुभयो– “गाउँमा न उम्मेदवार आए रु न भोट हाल्न सिकाए ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
काठमाडौंमा आज ८०९ जनामा संक्रमण पुष्टि
राष्ट्रपति भण्डारीबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन
राष्ट्रपति भण्डारीबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन
कांग्रेस महासमितिकाे बैठकमा भाग लिन अाउनेलाई आवास सुविधा नदिने !
पाल्पामा एक लाख एघार हजारले स्वास्थ्य बीमा गराए
पाल्पामा एक लाख एघार हजारले स्वास्थ्य बीमा गराए
साफ च्याम्पियनसीप । नेपालको भेट माल्दिभ्ससँग-
साफ च्याम्पियनसीप । नेपालको भेट माल्दिभ्ससँग-
सांसदहरुकै  आक्रोशः  स्थानीय सरकारको अधिकार कटौती गर्न खोजेको भन्दै सांसदहरुकै आपत्ति …
सांसदहरुकै आक्रोशः स्थानीय सरकारको अधिकार कटौती गर्न खोजेको भन्दै सांसदहरुकै आपत्ति …
बाबुरामले प्रधानमन्त्री ओलीलाई बुझाएको १९ बुँदे मागपत्रमा के छ?
बाबुरामले प्रधानमन्त्री ओलीलाई बुझाएको १९ बुँदे मागपत्रमा के छ?
पहुँचका आधारमा बजेट बाँडिएकोप्रति सांसदको आपत्ति…
पहुँचका आधारमा बजेट बाँडिएकोप्रति सांसदको आपत्ति…
राजपामा राजेन्द्र महतोको प्रेम लिलाको चर्चा, को हुन प्रेमिका ?
राजपामा राजेन्द्र महतोको प्रेम लिलाको चर्चा, को हुन प्रेमिका ?

तपाईंले छुटाउनुभयो कि?