मुश्लिम समुदायमा व्यापक जनचेतनाको आवश्यकता : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २२, २०७६
|
|
२७ पटक हेरिएको
Shares
मुश्लिम समुदायमा व्यापक जनचेतनाको आवश्यकता : प्रम ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायमा व्यापक जनचेतनाको आवश्यकता रहेको बताएका छन् ।
  • मुस्लिम आयोजले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुस्लिम समुदायमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा व्यापक सामाजिक जागरणको अभियान सञ्चालन गर्नुपर्ने बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायमा व्यापक जनचेतनाको आवश्यकता रहेको बताएका छन् ।

मुस्लिम आयोजले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुस्लिम समुदायमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा व्यापक सामाजिक जागरणको अभियान सञ्चालन गर्नुपर्ने बताए ।

‘आयोगले मुस्लिम समुदायमा शिक्षा, स्वास्थ्य र सामाजिक जागरणको क्षेत्रमा व्यापक अभियान चलाएर यस समुदायमा आत्मविश्वास बढाउनु जरुरी छ’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले नेपालका अरु समुदाय जस्तै मुस्लिम समुदाय पनि हरेक क्षेत्रमा अघि बढ्नसक्ने बताएका छन् ।

“यस समुदायले समाजलाई नेतृत्व गर्न सक्नेगरी अघि बढ्नुपर्दछ” प्रधानमन्त्री ओलीले भने, “यस समुदायको जनसंख्या कति छ भन्ने महत्वपूर्ण कुरा होइन तर यसको सामाजिक स्थिति के छ भन्ने कुरा महत्वपूर्ण कुरा हो । यस समुदायलाई हामीले अघि बढाउनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले मुस्लिम समुदायलाई अघि बढाउन सधैं सकारात्मक रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?