आज दलहरुलाई समानुपातिकतर्फको सूचि माग्दै, कसको कति सिट! नयाँ सरकार गठनको बाटो खुल्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • शिखरन्युज संवाददाता/काठमाडौं, २६ माघ – निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणामसँगै प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्द सूचिमा रहेका नाम माग्दै आज दलहरुलाई पत्र पठाउने भएको छ ।
  • आयोगले दलहरुलाई समानुपातिक तर्फको बन्दसूचि भित्रका नाम पठाउन आह्वान गरेपछि नयाँ सरकार गठनको लागि बाटो खुल्नेछ ।
  • समानुपातिक सूचिमा ३३ प्रतिशत महिला अनिवार्य संख्या पुग्नेगरी यस अघि बुझाएको बन्दसूचिको आधारमा नामावली पठाउनुपर्नेछ ।

शिखरन्युज संवाददाता/काठमाडौं, २६ माघ – निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणामसँगै प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्द सूचिमा रहेका नाम माग्दै आज दलहरुलाई पत्र पठाउने भएको छ । आयोगले दलहरुलाई समानुपातिक तर्फको बन्दसूचि भित्रका नाम पठाउन आह्वान गरेपछि नयाँ सरकार गठनको लागि बाटो खुल्नेछ ।

समानुपातिक सूचिमा ३३ प्रतिशत महिला अनिवार्य संख्या पुग्नेगरी यस अघि बुझाएको बन्दसूचिको आधारमा नामावली पठाउनुपर्नेछ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार आज शुक्रबार दलहरुलाई पत्र पठाइँदैछ ।

निर्वाचन सकिएको तीन महिना बित्नै लाग्दा समेत समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक भैसकेको छैन । दलहरुले प्राप्त गरेको संख्याका आधारमा आयोगले पत्र पठाउने तयारी गरेको हो ।
आयोगको आह्वानसँगै दलहरुले ३ दिनभित्र नामावली छनौट गरी पठाउनुपर्नेछ । यस अघि बुझाएका नामावलीलाई क्लस्टर मिलाएर क्रमसंख्याको आधारमा दलहरुले नाम पठाउनुपर्नेछ । यदि दलहरुले तलमाथि गरेमा आयोगले फेरि सच्चाउन २ दिनको समय दिने प्रवक्ता ढकालले बताए ।

समानुपातिकमा प्राप्त गरेको संख्या अर्थात दलहरुले ल्याएको सदर मतको कूल ३ प्रतिशत कटाउने दलले मात्र प्रतिनिधिसभामा समानुपातिक तर्फबाट विजयी हुनेछन् । त्यसमध्ये नेकपा एमाले ४१, कांग्रेस ४०, माओवादी केन्द्र १७, राजपा र संघीय समाजवादी फोरमले ६/६ सिट हासिल गरेका छन् ।

दलहरुले प्राप्त सिट संख्या राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेपछि नयाँ सरकारको बाटो खुल्नेछ । आयोगले फागुन ५ भित्र राष्ट्रपतिलाई प्रत्यक्ष र समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको परिणाम बुझाउनेछ । यसपछि सरकार गठनको पहिलो अवसर बहुमत प्राप्त दललाई हुनेछ । आयोगले परिणाम घोषणा गरेको सातदिनभित्र बुझाउनुपर्ने व्यवस्था छ ।

(https://hopeclinical.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?