उत्तर कोरिया द्वारा दक्षिण कोरियाको प्रस्ताव अस्वीकार

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
२५ पटक हेरिएको
Shares
उत्तर कोरिया द्वारा दक्षिण कोरियाको प्रस्ताव अस्वीकार

सारांश

  • सोल, २ जेठ ।
  • उत्तर र दक्षिण कोरियाबीच हुने भनिएको उच्च स्तरीय सम्मिलित बैठक स्थगित भएको छ ।
  • बुधबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक बैठक अकस्मात स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको छ ।

सोल, २ जेठ । उत्तर र दक्षिण कोरियाबीच हुने भनिएको उच्च स्तरीय सम्मिलित बैठक स्थगित भएको छ ।
बुधबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक बैठक अकस्मात स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको छ ।

उत्तर कोरियाले दक्षिण कोरियामा जारी रहेको दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यासको विरोधगर्दै सो बैठक नबस्ने जनाएको हो ।
सो सैनिक अभ्यासले दुई कोरियाबीच गत अप्रिल २७ को शान्ति सम्झौताको उल्लंघन गरेको भन्दै आगामी केही दिनमा यदि उक्त सैनिक अभ्यासको तत्कालै अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी पनि दिएको छ ।

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल हालै दक्षिण कोरिया पुगेको थियो । सोही प्रतिनिधिमण्डलले उच्चस्तरीय बैठक पनि आयोजना गर्ने सहमति गरेको थियो ।

दक्षिण कोरियामा सो देश र अमेरिकाको सैनिक अभ्यास सुरु भएको थियो । उक्त सैन्य अभ्यासको उत्तर कोरियाले विरोध गर्दै आएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ । त्यसअघि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुबीचक हुने भनिएको यस बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

सोही बैठकको पूर्व सन्ध्यामा भएको उत्तर कोरियाली नेताको चीन भ्रमणलाई पनि अर्थपूर्ण भ्रमणका रुपमा लिइएको छ । उत्तर कोरियाली नेता उन पनि केही दिनमात्र अघि चीन पुगेका थिए ।

गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच उच्चस्तरीय बैठक भएको थियो ।

उक्त बैठकमा भएको शान्ति सम्झौताका साथै अरु सहमतिको कार्यान्वयनका लागि बुधबार दुई कोरियाबीच यो बैठक बस्न लागेको बताइएको थियो ।

मन्त्रीस्तरमा हुने बताइएको सो बैठकले अप्रिल २७ को शान्ति सम्झौताको कार्यान्वयनको सुरुआत गर्ने बताइएको थियो । दक्षिण कोरियाका राष्ट्रिय एकता मन्त्रीले सो बैठकमा सहभागिता जनाउनुहुने समाचार आइसकेको थियो ।

उत्तर कोरियाको यो प्रतिक्रियापछि दक्षिण कोरियाले भने केही बताएको छैन । अमेरिकाको पनि यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो रहनेछ आज देशभरको मौसम
यस्तो रहनेछ आज देशभरको मौसम
दाङमा अनिश्चितकालीन बन्दको घोषणा : बल्न थाले दाङका सडकमा टायर
दाङमा अनिश्चितकालीन बन्दको घोषणा : बल्न थाले दाङका सडकमा टायर
सनसनीपूर्ण खुलासा : भारतीय मतदातालाई नेपाली काँग्रेसले दियो वडाध्यक्ष उम्मेदवारी !
सनसनीपूर्ण खुलासा : भारतीय मतदातालाई नेपाली काँग्रेसले दियो वडाध्यक्ष उम्मेदवारी !
नेपाल टेलिकमले दियो शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
नेपाल टेलिकमले दियो शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम
फेरि बढ्यो हवाई भाडा- कहाँ पुग्न कति सूचिसहित !
फेरि बढ्यो हवाई भाडा- कहाँ पुग्न कति सूचिसहित !
इलामको छथरमा बसाईं सर्नेलाई शुरुमै १ लाख पुरस्कार, व्यवसाय गर्नेलाई ५ लाख अनुदान
इलामको छथरमा बसाईं सर्नेलाई शुरुमै १ लाख पुरस्कार, व्यवसाय गर्नेलाई ५ लाख अनुदान
बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय
बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय
नक्कली भूटानी शरणार्थी प्रकरण  : पूर्वगृहमन्त्री खाणका तर्फको बहस जारी
नक्कली भूटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फको बहस जारी
  नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा
  नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा
३३ किलाे सुनप्रकरण: सुन तस्करबाट कसले कति रकम लिए ?
३३ किलाे सुनप्रकरण: सुन तस्करबाट कसले कति रकम लिए ?

तपाईंले छुटाउनुभयो कि?