देशभर तापक्रम बढ्ने, सतर्क रहन आग्रह
सारांश
- जल तथा मौसम विज्ञान विभागले देशभर तापक्रम बढ्ने क्रममा रहेको भन्दै गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
- हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापिय प्रणाली रहेको छ ।
- देशका पहाडी भु–भागमा आंशिक बदली र अन्य भु–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले देशभर तापक्रम बढ्ने क्रममा रहेको भन्दै गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापिय प्रणाली रहेको छ ।
देशका पहाडी भु–भागमा आंशिक बदली र अन्य भु–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । विभागको अनुसार देशका विभिन्न भागमा आज राति आंशिक बदली र केही भागमा मौसम सामान्यतया सफा रहने छ।
त्यस्तै, आगामी २४ घण्टाका लागि विभागले देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अपिल गरेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया