जेष्ठ नागरिक दिवस : छोराछोरीको कमाईको निश्चित प्रतिशत बाबुआमालाई

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०७५
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।
  • प्रधानमन्त्री ओलीले छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनैपर्ने कानूनी व्यवस्था गरिने बताएका छन् ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनैपर्ने कानूनी व्यवस्था गरिने बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा यस वर्ष ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ भन्ने मूल नाराका साथ आज ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । यस अवसरमा नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले संयुक्तरुपमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दैछन् ।

ज्येष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन भत्ताका अतिरिक्त सरकारले यसै आर्थिक वर्षदेखि बीमा कार्यक्रम पनि सञ्चालन गरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । बाबुआमाबाट सन्तानले अंश दाबी गर्ने तर वृद्ध अवस्थामा बाबुआमाको उपेक्षा गर्ने प्रवृत्तिको अन्त्य गर्न सरकार कटिबद्ध बताएका छन् । “त्यसैले छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था गरिने भएको छ ।

यससम्बन्धी कानूनी प्रावधानको व्यवस्था गर्न ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा आवश्यक संशोधन गर्ने प्रक्रिया अघि बढिसकेको छ”, प्रधानमन्त्रीले भन्नुभएको छ, “ज्येष्ठ नागरिकको उचित र सम्मानित व्यवस्थापन वृद्धाश्रम निर्माण गरेर होइन, सन्तानले नै वृद्ध बाबुआमाको रेखदेख गर्नु पर्दछ भन्ने हाम्रो सामाजिक मान्यताको प्रवद्र्धन गरेर मात्र सम्भव छ ।”

ज्येष्ठ नागरिक अनुभवका खानी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सङ्गालेका देशका आदरणीय बुबाआमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने उल्लेख गरेका छन् ।

“त्यस्तो समाज अघि बढ्न पनि सक्दैन”, प्रधानमन्त्रीले भनेका छन्, “ज्येष्ठ नागरिकका अनुभव देश निर्माणका लागि महत्वपूर्ण हुन्छ । त्यसैले एक पटक फेरि म ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वद्र्धनका लागि सरकारको प्रतिबद्धता दोहो-याउन चाहन्छु ।”

नेपालमा स्वास्थ्य सेवामा बढ्दो पहुँच, आर्थिकस्तरमा भएको प्रगति, खाद्यान्नको पर्याप्ततालगायतका कारण व्यक्तिको औषत आयु बढिरहेको छ ।

“यसले गर्दा समाजमा आउँदा दिनमा ज्येष्ठ नागरिकको जनसङ्ख्यामा वृद्धि हुँदै जानेछ तर बदलिएको परिवारिक संरचना तथा व्यक्तिको जीवनशैली र रोजगारीका लागि युवाको विदेशिने क्रमका कारण घरघरमा ज्येष्ठ नागरिक एक्लिएका छन्”, सन्देशमा भनिएको छ, “कतिपय अवस्थामा ज्येष्ठ नागरिकले आफन्तबाटै अपहेलित र उपेक्षित भएर जीवन बिताउनु परेको छ । सरकार ज्येष्ठ नागरिकका यस्ता समस्याप्रति गम्भीर छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्टमा के छ ?
शालिकराम पुडासैनीको पोष्टमार्टम रिपोर्टमा के छ ?
बाँके निकुञ्जः बाघ संरक्षणमा चुनौती
बाँके निकुञ्जः बाघ संरक्षणमा चुनौती
नोभा दही ‘बिग तीज, बिग धमाका’, बम्पर प्राइज सुनको गहना, फेसबुक कमेन्टबाट पनि सहभागिता
नोभा दही ‘बिग तीज, बिग धमाका’, बम्पर प्राइज सुनको गहना, फेसबुक कमेन्टबाट पनि सहभागिता
किन च्यातिन् उनले संसद वैठकमै नियमावली !
किन च्यातिन् उनले संसद वैठकमै नियमावली !
टर्कीले युरोप जाने ‘ढोका खोलिदिए’ पछि ग्रीसद्वारा शरणको आवेदन स्थगित
टर्कीले युरोप जाने ‘ढोका खोलिदिए’ पछि ग्रीसद्वारा शरणको आवेदन स्थगित
ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते, असई पक्राउ
ललितपुर प्रहरी प्रभागभित्र गोली चल्यो, एक प्रहरी घाइते, असई पक्राउ
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
अनधिकृत विद्युत् प्रयोग गर्नेबाट १७ लाख असुल
अनधिकृत विद्युत् प्रयोग गर्नेबाट १७ लाख असुल
बागमती प्रदेशसभाको बैठक स्थगित, अब कहिले बस्ने ?
बागमती प्रदेशसभाको बैठक स्थगित, अब कहिले बस्ने ?
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन