जस्तोसुकै निर्णय लिन सक्छु ः दाहाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • चितवन, २८ माघ , नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन पनि सक्ने बताउनुभएको छ ।
  • आज यहाँ आयोजित प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अहिलेको सन्दर्भमा आफूले अघि सारेको यो भनाइको अर्काे राजनीतिक अर्थ नलगाउन पनि आग्रह गर्नुभयो ।
  • दुई पार्टी एकीकरणका सन्दर्भमा उहाँले भन्नुभयो, “म काठमाडौँ गएपछि कुराकानी हुन्छ ।

चितवन, २८ माघ , नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन पनि सक्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अहिलेको सन्दर्भमा आफूले अघि सारेको यो भनाइको अर्काे राजनीतिक अर्थ नलगाउन पनि आग्रह गर्नुभयो ।

दुई पार्टी एकीकरणका सन्दर्भमा उहाँले भन्नुभयो, “म काठमाडौँ गएपछि कुराकानी हुन्छ । मेरो चाहना छ दुई तीन दिनभित्र टुंगियोस्, यो कुरा नलम्बियोस् ।” उहाँले अगाडि थप्नुभयो, “पार्टी एकीकरण लम्बिएलाजस्तो भन्दा पनि टुंगिएलाजस्तो मैले देखिरहेको छु ।”

अध्यक्ष दाहालले शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताउनुभएको थियो । नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकताको बैठक चलिरहँदा अध्यक्ष दाहालको यस्तो प्रतिक्रिया बाहिर आएको छ ।

उक्त खेलकुद प्रतियोगिताअन्तर्गतको चौथो मुवा थाई तथा बृहत् तेक्वान्दो प्रतियोगिताको उहाँले उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा उहाँले आउँदा दिनमा खेल क्षेत्रको विकास अझ तीव्र हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रादेशिक रुपमा यस्ता खेल हुनुले संघीयता कार्यान्वयनमा सहयोग पुग्ने पनि बताउनुभयो ।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा खेलकुद विकासका लागि काम थाल्न मात्रै पाएको र दोस्रो पटक प्रधानमन्त्री हुँदा देशभर नै संस्थागत रुपमा खेलकुद क्षेत्रको विकासका लागि पहल शुरु गरेको पनि उहाँले स्मरण गराउनुभयो ।

आफ्नै छोरा प्रकाशको स्मृतिमा खेलकुद आयोजना गरेकामा आयोजकलाई उहाँले धन्यवाद दिनुभयो ।

नेपाल मार्शल आर्टस् एकेडेमी र नेपाल राष्ट्रिय मुवा संघले खेलको आयोजना गरेका हुन् । दुई दिनसम्म सञ्चालन हुने मुवा थाई प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलको अध्यक्ष दाहालले अवलोकन गर्नुभएको थियो । साठी केजी तौल समूहको सो खेलमा भारतका प्रेम कटनलाई पराजित गर्दै नेपाल आर्मीका गुण रुचाल विजयी हुनुभयो । रुचाललाई दाहालले पदक लगाइदिनुभएको थियो ।

सो प्रतियोगिताअन्तर्गत इण्डो–नेपालमा ५०, ५६, ६०, ७०, ८१ र ९८ केजी तौल समूहमा ६–६ जनाको सहभागिता रहने छ । त्यसैगरी मुवा थाईको राष्ट्रिय प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५ र ७५ एवं महिलातर्फ ६० केजी तौल समूहमा गरी ३६ जना खेलाडीको सहभागिता रहने नेपाल राष्ट्रिय मुवा संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?