जीपको ठक्करबाट शिक्षिकाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ११, २०८०
|
|
४७ पटक हेरिएको
Shares
जीपको ठक्करबाट शिक्षिकाको मृत्यु

सारांश

  • दाङ ।
  • दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ ।
  • मृत्युहुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

दाङ । दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्युहुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

जीपको ठक्करबाट सख्त घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए । आज बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नं को जीपले सोही दिशातर्फ गइरहेको रा ७ प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो ।

शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउथिन् । उनलाई विद्यालयमा जाने जाने क्रममा जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यपद त्याग्ने यि नेता !
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यपद त्याग्ने यि नेता !
महिला हिंसाका अपराधी जोसुकैलाई पनि नछाड्ने : प्रधानमन्त्री ओली
महिला हिंसाका अपराधी जोसुकैलाई पनि नछाड्ने : प्रधानमन्त्री ओली
सरसफाइ मानवीय आवश्यकता हो, यो काम सबैले सिक्नुपर्छ :  गृहमन्त्री श्रेष्ठ
सरसफाइ मानवीय आवश्यकता हो, यो काम सबैले सिक्नुपर्छ : गृहमन्त्री श्रेष्ठ
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध : यस्तो छ उनको राजनीतिक यात्रा
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध : यस्तो छ उनको राजनीतिक यात्रा
सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब संगा एपीएफ १–० ले पराजित
सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब संगा एपीएफ १–० ले पराजित
वडा कार्यालयको भवन निर्माणका लागि जग्गादान
वडा कार्यालयको भवन निर्माणका लागि जग्गादान
Every Thing You Must Find out about Beautiful Cuban Mail Order Brides
मन्त्रिपरिषद् हेरफेर तयारीमा प्रधानमन्त्री प्रचण्ड
मन्त्रिपरिषद् हेरफेर तयारीमा प्रधानमन्त्री प्रचण्ड
डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा, के अाउलान् र केसी ?
डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा, के अाउलान् र केसी ?
प्रहरीलाइ फाेन गरेर अाफै पक्राउ पर्ने यी महासय !
प्रहरीलाइ फाेन गरेर अाफै पक्राउ पर्ने यी महासय !