एक्कासी बाढी आउन सक्छ सतर्क हुनुहोला : मौसम पूर्वानुमान

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
एक्कासी बाढी आउन सक्छ सतर्क हुनुहोला : मौसम पूर्वानुमान

सारांश

  • काठमाडौँ ।
  • पश्चिमका केही साना नदीमा एक्कासी बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।
  • नवलपरासी, कपिलबस्तु, रुपन्देही, दाङ, बांके, बर्दिया, कैलाली जिल्लाको चुरेबाट बग्ने साना नदीहरू केहीमा एक्कासी बाढी आउन सक्ने देखिएको भन्दै, सतर्क रहन आग्रह गरेको छ ।

काठमाडौँ । पश्चिमका केही साना नदीमा एक्कासी बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । नवलपरासी, कपिलबस्तु, रुपन्देही, दाङ, बांके, बर्दिया, कैलाली जिल्लाको चुरेबाट बग्ने साना नदीहरू केहीमा एक्कासी बाढी आउन सक्ने देखिएको भन्दै, सतर्क रहन आग्रह गरेको छ ।

आज पश्चिम क्षेत्रका राप्ति, बबई, मोहना, मछेली र आसपासका साना नदीजलाधारमा पानीको बहाव बढ्ने देखिएको छ । आज सोमबार साँझसम्म सतर्कता तह आसपास पुग्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

ठूला नदीहरु कोशी, नारायणी, कर्णाली, महाकालीमा बहाव बढ्दो क्रममा भएपनि खतरा तह पार गर्ने सम्भावना न्युन रहेको जनाइएको छ ।

आज र भोलि देशका धेरैजसो स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने सम्भावना रहेको छ । पश्चिम भागको एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?