नक्कली फेसबुक पेजले रक्षालाई सास्ती, अनेकौं भिडियो पोष्ट
सारांश
- काठमाडौं ।
- हास्यटेलिश्रृंखला भद्रगोलकी कलाकार रक्षा श्रेष्ठको नाममा बनाइएको नक्कली फेसबुक आईडीमा विभिन्न खालको भिडियो पोष्ट गरिएको छ ।
- फेसबुकमा अनेक खालको भिडियो र भिडियो लाइभ गरेर पोष्ट गरिएको भेटिएको छ ।
काठमाडौं । हास्यटेलिश्रृंखला भद्रगोलकी कलाकार रक्षा श्रेष्ठको नाममा बनाइएको नक्कली फेसबुक आईडीमा विभिन्न खालको भिडियो पोष्ट गरिएको छ । फेसबुकमा अनेक खालको भिडियो र भिडियो लाइभ गरेर पोष्ट गरिएको भेटिएको छ ।
रक्षाले सामाजिक सञ्जाल फेसबुकमा मेरो नामको नक्कली आईडी बनाएर विभिन्न खालको भिडियोहरु पोष्ट गरी चरित्र हत्या गर्ने काम भइरहेको बताएकी छन् ।
रक्षाले मेरो नाममा बनाएको फेक पेज र आईडी बन्द गरिदिन सक्कली फेसबुकमार्फत विनम्र अनुरोध समेत गरेकी छन् । यदि यो अनुरोधलाई वेवास्था गरे कानुनी कारबाहीको लागि अगाडि बढ्न बाध्य हुने समेत फेसबुकमाफृत जानकारी गराएकी छन् ।
उनले यो फेक आईडीबाट पोष्ट भएका कुनै पनि पोष्टहरुलाई लाइक र सेयर नगरिदिन अनुरोध गरेकी छन् । यस्तो छ उनले लेखेको फेसबुक स्ट्याटस् :–

प्रतिक्रिया