उपाध्यक्ष वाग्लेद्वारा राजीनामाको घोषणा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
३० पटक हेरिएको
Shares
उपाध्यक्ष वाग्लेद्वारा राजीनामाको घोषणा

सारांश

  • काठमाडौँ, ६ फागुन , राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भन्ने आशयका साथ उपाध्यक्षबाट आज राजीनामा गर्ने घोषणा गर्नुभएको छ ।
  • आफ्नो छमहिने कार्यकालमा आयोगले सञ्चालन गरेका विकास निर्माणका कार्यक्रम तथा नीतिगत विषयबारे जानकारी दिँदै उहाँले पत्रकारमाझ भन्नुभयो, “प्रधानमन्त्रीज्यूलाई आज भेटेर पदबाट राजीनामा दिने जानकारी गराउँछु ।
  • नयाँ सरकार गठन भएका सन्दर्भमा शिष्टाचारस्वरुप आफू पदमा रहिनरहने निर्णय गरेको छु ।

काठमाडौँ, ६ फागुन , राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भन्ने आशयका साथ उपाध्यक्षबाट आज राजीनामा गर्ने घोषणा गर्नुभएको छ ।

आफ्नो छमहिने कार्यकालमा आयोगले सञ्चालन गरेका विकास निर्माणका कार्यक्रम तथा नीतिगत विषयबारे जानकारी दिँदै उहाँले पत्रकारमाझ भन्नुभयो, “प्रधानमन्त्रीज्यूलाई आज भेटेर पदबाट राजीनामा दिने जानकारी गराउँछु । नयाँ सरकार गठन भएका सन्दर्भमा शिष्टाचारस्वरुप आफू पदमा रहिनरहने निर्णय गरेको छु ।”

योजना आयोगका पुनःसंरचना नीतिगत तथा योजना निर्माण एवं कार्यान्वयन, दिगो विकास, आर्थिक सुधार, संघीयतामा आयोगको भूमिका, देशभर विविध विषयमा तथ्यांक संकलन, भूइँचालोजस्ता दैवीविपत्तिको प्रभाव मूल्यांकन, केन्द्रीय तथ्यांक विभागको स्तरोन्नति, राष्ट्रिय गौरवका आयोजनाको शीघ्र कार्यान्वयनलगायत विषयमा आयोगले छ महिनामा उल्लेखनीय काम गरेको बताउनुभयो ।

नेपालको विकासको भावी कार्ययोजना, राष्ट्रिय विकास स्वयंसेवा, दशवर्षीय विकासको मार्गचित्र, आर्थिक, सामाजिक एवं वातावरणीय उन्नयन, आर्थिक गणना, तथ्यांकमा आधारित नीति तर्जुमा, आधुनिक ऊर्जाको उपयोगजस्ता विषयमा आयोगले तयार पारेका योजनालाई सरकारी अभिलेखमा समावेश गरिएको जानकारी पनि उहाँले दिनुभयो । सोही
कार्यक्रममा उपाध्यक्ष वाग्लेले आयोगको प्रकाशन ‘१४ वर्षे दिगो विकास लक्ष्य’ सार्वजनिक पनि गर्नुभयो । गत साउनमा उपाध्यक्ष नियुक्त उहाँले नेपालको दीर्घकालीन विकास दृष्टिकोण, आर्थिक तथा नीतिगत सुधार, भौतिक पूर्वाधार, संघीयतामा वित्त, तथ्यांकमा आधारित नीतिनिर्माण, विकास कूटनीति सञ्चालन, द्विपक्षीय, बहुपक्षीय विकासका साझेदारसँगको सहकार्य र प्राविधिक एवं वित्तीय सहायता प्राप्तिमा भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?